
लन्डन । पाँचथर समाज सेवा यूकेले क्यान्सरपीडित पत्रकार कबिन्द्र सेर्मालाई २ लाख ४८ हजार सहयोग हस्तान्तरण गरेको छ ।
बीएफबीएस गोर्खा रेडियोको स्टेसनमा मंगलबार पाँचथर समाज सेवा यूकेका अध्यक्ष नगेन्द्रराज नेम्बाङले सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । कार्यक्रम स्वर्णिम सङ्गम प्रस्तोता तुलसी बस्नेतले रेडियोमा अन एयर र फेसबुक लाइभ प्रसारण गर्नुभएको थियो ।
सहयोग रकम संकलन अभियान यूकेमा रहेका साहित्यकार एवं गीतकार लिलाराज काम्बाङ्ले मुख्य भूमिका खेल्नुभएको थियो भने समाजसेवी सकुन्तला नेम्बाङ, पाँचथर समाज सेवा यूकेकी निवर्तमान अध्यक्ष शान्ति लिम्बु र रुमा साँवासहित खटिएका अध्यक्ष नेम्बाङले जानकारी गराउनुभयो ।
पाँचथर समाज सेवा यूकेबाहेक संघसंस्थाका सदस्य, साहित्यकार गायक/गायिका गीतकारसहितले सहयोग गर्नुभएको थियो । सहयोगदाताहरु सबैको नामावली बीएफबीएस गोर्खा रेडियोबाट वाचन गरिएको थियो । सम्पूर्ण सहयोगदाताहरुलाई पीडित सेर्मा र अध्यक्ष नेम्बाङले धन्यवाद दिनुभएको थियो ।
पीडित सेर्माले आफ्नो स्वास्थ्य सुधार भैरहेको बताउनुभएको छ । भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत रही प्रत्येक महिना अर्को एक वर्षसम्मका लागि भारतको नयाँदिल्लीस्थित राजीव गान्धी अस्पतालमा उपचारका लागि जानु पर्ने उहाँले सुनाउनुभयो ।
थप उपचारका लागि अझ खर्च चाहिने भएकोले पीडितले फेरि पनि सहयोगको अपेक्षा रेडियोमार्फत राख्नुभएको थियो ।
विदेशस्थित नेपाली नियोग र राहदानी विभागबाट प्रदान गरिने सेवा केही दिन बन्द हुन सक्ने
प्राकृतिक जलवायु प्रणाली ‘एल निनो’ तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने
हत्या प्रकरणमा एमाले पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
फिफा विश्वकप :पोर्चुगल विश्वकपको अन्तिम १६ मा
शिशुलाई जबरजस्ती स्वीकार गराइएको घटनामा बेलायतका प्रधानमन्त्रीद्वारा माफी
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान