
लण्डन । बेलायत सरकारले प्रोपर्टी मार्केटमा लागू गर्न लागेको नयाँ व्यवस्थाहरुका बारेमा जानकारी दिन ए स्टार मोर्गेजेजले एक वेभिनारको आयोजना गरेको छ ।
यही डिसेम्बर ११ का दिन साँझ ७ः३० बजे जूममार्फत आयोजना गरिएको सो भर्चुअल वेभिनारमा सहभागीहरुले निशुल्क रुपमा भाग लिन तथा विज्ञहरुसित जिज्ञासा राख्न पाउने ए स्टार मोर्गेजेजका मोर्गेज एडभाइजर तथा कार्यक्रम संयोजक रमेश साराङकोटीले जानकारी दिनुभयो ।
वेभिनारमा चार्टर्ड ट्याक्स एडभाइजर लेखनाथ (एलएन) घिमिरे, नर्थउड स्टेट एजेन्टस् आसफोर्डका कोलिन र श्रीमती प्यासेन्स, ए स्टार मोर्गेजेजका मोर्गेज एडभाइजर कुमार गुरुङ तथा ए स्टार रियल स्टेटस्का नारायण तिमिल्सिनाले प्रस्तुति दिनुहुनेछ ।
कार्यक्रम बेलायत सरकारले सन् २०२६ देखि बेलायतको प्रोपर्टी मार्केटमा गर्न लागेको परिवर्तनले मोर्गेज, घरजग्गा कर, घरधनीको अधिकारमा पार्ने असरहरुमा केन्द्रीत हुनेछ । यसका साथै पहिलोपटक घर किन्न चाहने, पहिले घर किनिसकेको तर अहिले अझै राम्रो घर किनेर सर्न खोजिरहेका तथा अर्को घर किनेर भाडामा लगाउन खोज्नेहरुका लागि कार्यक्रम उपयोगी हुने बताइएको छ ।
बेलायत सरकारले भाडामा बस्नेहरुको हक ऐनमा परिवर्तन गरी सो परिवर्तित व्यवस्था सन् २०२६ को मे १ देखि लागू गर्दैछ भने सरकारले हालै जारी गरेको शरदकालिन बजेटमा घर बिक्री तथा भाडामा करका दायरामा नयाँ व्यवस्था लागू गर्ने बताएको छ ।
ए स्टार मोर्गेजेज (ए स्टार फाइनान्सियल सोल्युसन्स)ले एक दशकभन्दा लामोदेखि बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तन बारेमा बेलायतबासी नेपालीहरुलाई निशुल्क रुपमा सेमिनार र वेभिनारमार्फत नियमित रुपमा जनचेतना गराउँदै आएको प्रिन्सिपल मीन दर्लामी बताउनुहुन्छ ।
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?