
लण्डन । हङकङमा दुईसाताअघि भएको आगलागीमा परी गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका प्रथम निर्वाचित अध्यक्ष अशोक श्रेष्ठकी श्रीमतीको निधन भएको छ ।
ताइपोस्थित वाङ फुक कोर्ट अपार्टमेण्टमा भएको सो आगलागीमा परे श्रेष्ठकी श्रीमती वोङ वाइ चिङको निधन भएको उहाँको परिवारले पुष्टि गरेको छ ।
भूतपूर्व गोर्खा सैनिक अशोक श्रेष्ठसँग विवाह गर्नुभएकी ६७ वर्षीया चिङ हङकङ सरकारको पूर्व कर्मचारी हुनुहुन्थ्यो । उहाँ केही समयदेखि ९८ वर्षीया वयोवृद्ध आमालाई स्याहार गर्न हङकङमा बसोबास गर्दै आउनुभएको थियो । आमालाई भने केही समयअघि नर्सिङ होममा राखिएकोले आगलागीको बेला अपार्टमेण्टमा चिङमात्र हुनुभएको बुझिएको छ ।
घटनापछि एनआरएनए युकेका पूर्व अध्यक्ष श्रेष्ठ हङकङ पुग्नुभएको थियो । डिएनए परीक्षणबाट चिङको पहिचान गर्न कोसिस भइरहेको अधिकारीहरुले उहाँलाई बताएका थिए । श्रेष्ठ अहिले नेपाल फर्कनुभएको छ ।
३१ तल्लाको सो अपार्टमेण्टमा करिब ४ हजार ६०० मानिस बसोबास गर्दै आएका थिए । सो घटनामा अरु नेपालीहरु नपरेको स्थानीय नेपाली महावाणिज्यदूताबासले जनाएको छ ।
सो घटनामा हालसम्म १५९ जना मानिस मारिएका छन् ।
सो आगलागी नियन्त्रण गर्न ४० घण्टा लागेको थियो ।
हङकङ प्रहरीले आगलागीका बारेमा अनुसन्धान जारी राखेका छन् र हालसम्म करिब एक दर्जनलाई गिरफ्तार गरिसकेको छ ।
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन