
लण्डन । बेलायतमा उच्च शिक्षा अध्ययनका आउने प्रमुख पाँच मुलुकमा नेपाल पनि परेको छ ।
बेलायतको गृह मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२५ को सेप्टेम्बर अन्त्यसम्ममा बेलायतमा उच्चशिक्षा अध्ययनका लागि कूल ४ लाख ३९ हजार ९२४ विद्यार्थीहरू आएकोमा नेपालबाट आउने विद्यार्थीहरूको संख्या २० हजार ५७२ रहेको छ ।
सो तथ्याङ्कका अनुसार अघिल्लो वर्षको अनुपातमा बेलायतमा नेपाली विद्यार्थीको सङ्ख्यामा ८९% ले वृद्धि भएको हो । यो वृद्धिसँगै नेपाल संयुक्त राज्य अमेरिकालाई उछिनेर बेलायतमा अध्ययन गर्न भिसा पाउने शीर्ष पाँच राष्ट्रभित्र परेको छ ।
तथ्याङ्कअनुसार बेलायतमा सबैभन्दा बढी भारतबाट विद्यार्थीहरु आएका छन् । उनीहरूको संख्या ९९ हजार १२८ रहेको छ भने दोस्रो स्थानमा चिनियाँ विद्यार्थीहरू रहेका छन् । ८९ हजार ३९७ चिनियाँ विद्यार्थीले अध्ययनका लागि बेलायतको भिसा पाएका छन् । त्यसपछि पाकिस्तानबाट उच्च अध्ययनका लागि आउने विद्यार्थीहरुको संख्या आउँछ । उनीहरूको संख्या ३६ हजार ९२४ छ भने चौथो स्थानमा नाइजेरियाबाट अध्ययनका लागि आउनेहरू छन् । सो अवधिमा ३० हजार ९ जना नाइजेरियन विद्यार्थीहरूले अध्ययनका लागि भिसा पाएका छन् ।
अध्ययनका लागि आउने अन्तर्राष्ट्रिय विद्यार्थीहरूमध्ये ६०% भन्दा बढीले मास्टर्स तहको अध्ययनका लागि भिसा लिएका छन् । स्नातक तहमा अध्ययन गर्न आउने विद्यार्थीहरूको संख्या करिब १ लाख मात्र रहेको छ ।
काठमाडौंकी साम्राज्ञी मोक्तान बन्नुभयो १८ औं मिस तामाङ
गीतकार एवं कवि अधिकारीसहित सात स्रष्टालाई अमेरिकामा सम्मान गरिँदै
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता
बेलायत – भारत शैक्षिक सम्बन्धलाई सुदृढ पार्न भारतमा नौ वटा ब्रिटिस विश्वविद्यालय स्थापना गरिदै