
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले शनिबार नेपालको राजधानी काठमाडौंमा प्रदर्शन र र्याली आयोजना गरेको छ । काठमाडौँकेन्द्रित जनसभाका लागि भृकुटीमण्डप र आसपासका क्षेत्रमा एमालेले प्रदर्शन गरेको हो ।
संविधान र लोकतन्त्रका लागि आयोजित जनसभा पार्टीको जनपरिचालनअन्तर्गतको अन्तिम चरणका रूपमा आयोजना गरिएको सो पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।
पार्टीको बागमती प्रदेश कमिटीद्वारा आयोजित कार्यक्रममा प्रदर्शनी मार्गबाट रत्नपार्क परिक्रमा गरेर भृकुटीमण्डपमा आमसभामा परिणत भयो । जनसभामा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायतले सम्बोधन गर्नुभएको छ ।
यसअघि एमालेले गत कात्तिक २२ गते देशैभरीका वडामा वडा भेला, २५ गते सबै पालिकामा र्याली सम्पन्न गरेको थियो । यस्तै कात्तिक २९ गते सबै जिल्लामा जनसभा आयोजना गरिएको थियो ।
सवारी साधन डाइभर्सन
एमालेका प्रदर्शनका कारण सो क्षेत्रको ट्राफिक व्यवस्थापनमा चाप देखिएको छ । एमाले नेता तथा कार्यकर्तासहितको ¥यालीका कारण उक्त क्षेत्रमा सवारी सञ्चालनमा समस्या उत्पन्न भएको हो ।
र्यालीका कारण सवारी सञ्चालनमा समस्या भएपछि अहिले प्रदर्शनीमार्ग हुँदै चल्ने सवारी साधनलाई डाईभर्सन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “र्यालीका कारण सवारी आवागमनमा समस्या भएको छ । उक्त स्थान हुँदै चल्ने सवारी साधनलाई पद्मोदयमोड र राष्ट्रिय सभागृहमोडबाट डाइभर्सन गरिएको छ ।”
यसैगरी र्याली टुँडिखेल वरिपरी भएर चल्ने सवारी साधनको आवागमनमा केही प्रभाव पर्नसक्ने भएकाले सहज यात्राका लागि उक्तसडकको विकल्पमा अन्य सडकको प्रयोग गर्न अनुरोध गरिएको प्रमुख अधिकारीले बताउनुभयो ।
इरान आक्रमणप्रति चीनको असहमति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
एनआरएनए हङकङद्वारा विश्वव्यापी इको कविता प्रतियोगिता घोषणा
कतारले ग्यासको उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि
इरान र अमेरिका–इजरायली द्वन्द्व : बहराइन, जोर्डन र इराक छाड्न अमेरिकी नागरिकलाई विदेश मन्त्रालयको निर्देशन
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’