
लन्डन १२ नोभेम्बर २०२५ । बेलायतमा अध्ययन गर्न आएका २६ वर्षीय योमन चन्दको सुतेकै अवस्थामा मृत्यु भएको छ ।
नेपालको सल्यानमा २९ जनवरी १९९९ मा जन्मेका चन्द मंगलबार बिहान ११ नोभेम्बरमा लन्डन एजवेयरमा मृत भेटिएका हुन् । चन्द बस्ने कोठा नजिकै बस्ने अर्का विद्यार्थी सुजन साह ठकुरीका अनुसार चन्द सोमबार राति लन्डन घुमेर फर्किएका थिए ।
गत वर्षदेखि हार्डफोर्डसायर युनिभर्सिटीमा कम्युनिकेसन एण्ड इन्फोमेसन इन्जिनियरिङ अध्ययन गरिरहेका चन्द नर्थ लन्डनमा बस्दै आएका थिए ।
एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीले परिवार, विश्वविद्यालय र उनका साथीहरुसँग सल्लाह गरी अन्त्येष्टीको प्रबन्ध गरिने जनाउनुभयो । ‘हामी स्वर्गीय चन्दको परिवारका लागि आर्थिक, नैतिक सहयोगका साथ समुदायमा जनचेतना जगाउने कार्यमा अझ बढी सक्रिय हुन्छौं’, अध्यक्ष पुडासैनीले भन्नुभयो, ‘नेपालबाट आएका विद्यार्थी भाइबहिनीहरुले अहिले धेरै समस्या भोगेका छन् । बसाइँ, जागिर, मानसिक स्वास्थ्य, सुरक्षा आदि । उनीहरुमा जनचेतना जगाउन अत्यन्त खाँचो देखिएको छ । हामी सबै यसमा लाग्न जरुरी छ ।’
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा