बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु

लन्डन १२ नोभेम्बर २०२५ । बेलायतमा अध्ययन गर्न आएका २६ वर्षीय योमन चन्दको सुतेकै अवस्थामा मृत्यु भएको छ ।

नेपालको सल्यानमा २९ जनवरी १९९९ मा जन्मेका चन्द मंगलबार बिहान ११ नोभेम्बरमा लन्डन एजवेयरमा मृत भेटिएका हुन् । चन्द बस्ने कोठा नजिकै बस्ने अर्का विद्यार्थी सुजन साह ठकुरीका अनुसार चन्द सोमबार राति लन्डन घुमेर फर्किएका थिए ।

गत वर्षदेखि हार्डफोर्डसायर युनिभर्सिटीमा कम्युनिकेसन एण्ड इन्फोमेसन इन्जिनियरिङ अध्ययन गरिरहेका चन्द नर्थ लन्डनमा बस्दै आएका थिए ।

एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीले परिवार, विश्वविद्यालय र उनका साथीहरुसँग सल्लाह गरी अन्त्येष्टीको प्रबन्ध गरिने जनाउनुभयो । ‘हामी स्वर्गीय चन्दको परिवारका लागि आर्थिक, नैतिक सहयोगका साथ समुदायमा जनचेतना जगाउने कार्यमा अझ बढी सक्रिय हुन्छौं’, अध्यक्ष पुडासैनीले भन्नुभयो, ‘नेपालबाट आएका विद्यार्थी भाइबहिनीहरुले अहिले धेरै समस्या भोगेका छन् । बसाइँ, जागिर, मानसिक स्वास्थ्य, सुरक्षा आदि । उनीहरुमा जनचेतना जगाउन अत्यन्त खाँचो देखिएको छ । हामी सबै यसमा लाग्न जरुरी छ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री