
लन्डन । उत्तर–पूर्वी लन्डनको इल्फोर्डमा एकजना नेपाली युवकको ज्यान जाने गरी भएको सवारी दुर्घटनाको घटनामा चर्चित बेलायती र्यापरलाई पक्राउ गरी अदालतमा हाजिर गराइएको छ ।
नेपाली विद्यार्थी २० वर्षीय युविन तामाङको ज्यान जाने गरी भएको दुर्घटनामा बेलायती ग्राइम कलाकार एवम् चर्चित र्यापर गेट्स (जस्टिन क्लार्क–स्यामुएल) लाई प्रहरीले पक्राउ गरी अदालतमा हाजिर गराएको हो ।
गत १८ अक्टोबरमा इल्फोर्डको रेडब्रिज लेनमा बीएमडब्ल्यू कारले तामाङलाई ठक्कर दिएर भागेपछि गेट्समाथि ‘खतरनाक तरिकाले सवारी चलाएर गम्भीर चोट पुर्याएको’ अभियोगमा दोषी ठहर गरिएको थियो । उपचारको क्रममा तामाङको निधनपछि आरोपलाई ‘खतरनाक ड्राइभिङबाट मृत्यु गराएको’ मा अभियोग रुपान्तरण गरिएको थियो । जानकारी अनुसार दुर्घटनामा ज्यान गुमाएका तामाङ परिवारको एकमात्र सन्तान थिए । उनलाई आफ्नो बुवाआमाले उच्च शिक्षाका लागि यूके पठाएका थिए । पैदल हिँडिरहेका तामाङलाई प्रख्यात अवार्ड वीनर गेट्सले चलाएको कारले मृत्यु गराएपछि प्रहरीले पक्राउ गरी सोमबार लन्डनको बार्किङसाइड मेजिस्ट्रेट कोर्टले न्यायिक हिरासतमा राख्न आदेश दिएको छ ।
उनले अदालतमा आफ्नो नाम, जन्म मिति र ठेगाना पुष्टि गर्नमात्रै बोलेका छन् । न्याययिक हिरासतमा राखिएका उनी अदालनमा पुनः २४ नोभेम्बरमा उपस्थित हुनेछन् ।
प्रहरीले घटनाका प्रत्यक्षदर्शी साक्षीहरु खोजिरहेका छन् । आसपासका सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीका बयान र घटनास्थलको प्राविधिक अनुसन्धान जारी राखेको छ । प्रहरीले सम्भावित साक्षीहरुलाई सम्पर्क गर्न आग्रह समेत गरेको छ ।
गेट्स एक प्रसिद्ध ग्राइम एमसी, र्यापर र गीतकार हुन् । उनलाई मर्करी पुरस्कारको लागि मनोनयन गरिएको थियो । उनले स्टोर्मजी, एड शीरन र स्केप्टा जस्ता प्रमुख कलाकारहरुसँग सहकार्य गरेका छन् । उनले २०२१ मा मोबो अवार्ड्स ‘बेस्ट मेल एक्ट’ जितेका थिए । २०२४ मा ‘ब्रिटिस ब्ल्याक कल्चर’ मा महत्वपूर्ण योगदान दिएबापत ‘मोबो पायोनियर अवार्ड’ प्राप्त गरेका थिए ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’