
लन्डन । उत्तर–पूर्वी लन्डनको इल्फोर्डमा एकजना नेपाली युवकको ज्यान जाने गरी भएको सवारी दुर्घटनाको घटनामा चर्चित बेलायती र्यापरलाई पक्राउ गरी अदालतमा हाजिर गराइएको छ ।
नेपाली विद्यार्थी २० वर्षीय युविन तामाङको ज्यान जाने गरी भएको दुर्घटनामा बेलायती ग्राइम कलाकार एवम् चर्चित र्यापर गेट्स (जस्टिन क्लार्क–स्यामुएल) लाई प्रहरीले पक्राउ गरी अदालतमा हाजिर गराएको हो ।
गत १८ अक्टोबरमा इल्फोर्डको रेडब्रिज लेनमा बीएमडब्ल्यू कारले तामाङलाई ठक्कर दिएर भागेपछि गेट्समाथि ‘खतरनाक तरिकाले सवारी चलाएर गम्भीर चोट पुर्याएको’ अभियोगमा दोषी ठहर गरिएको थियो । उपचारको क्रममा तामाङको निधनपछि आरोपलाई ‘खतरनाक ड्राइभिङबाट मृत्यु गराएको’ मा अभियोग रुपान्तरण गरिएको थियो । जानकारी अनुसार दुर्घटनामा ज्यान गुमाएका तामाङ परिवारको एकमात्र सन्तान थिए । उनलाई आफ्नो बुवाआमाले उच्च शिक्षाका लागि यूके पठाएका थिए । पैदल हिँडिरहेका तामाङलाई प्रख्यात अवार्ड वीनर गेट्सले चलाएको कारले मृत्यु गराएपछि प्रहरीले पक्राउ गरी सोमबार लन्डनको बार्किङसाइड मेजिस्ट्रेट कोर्टले न्यायिक हिरासतमा राख्न आदेश दिएको छ ।
उनले अदालतमा आफ्नो नाम, जन्म मिति र ठेगाना पुष्टि गर्नमात्रै बोलेका छन् । न्याययिक हिरासतमा राखिएका उनी अदालनमा पुनः २४ नोभेम्बरमा उपस्थित हुनेछन् ।
प्रहरीले घटनाका प्रत्यक्षदर्शी साक्षीहरु खोजिरहेका छन् । आसपासका सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीका बयान र घटनास्थलको प्राविधिक अनुसन्धान जारी राखेको छ । प्रहरीले सम्भावित साक्षीहरुलाई सम्पर्क गर्न आग्रह समेत गरेको छ ।
गेट्स एक प्रसिद्ध ग्राइम एमसी, र्यापर र गीतकार हुन् । उनलाई मर्करी पुरस्कारको लागि मनोनयन गरिएको थियो । उनले स्टोर्मजी, एड शीरन र स्केप्टा जस्ता प्रमुख कलाकारहरुसँग सहकार्य गरेका छन् । उनले २०२१ मा मोबो अवार्ड्स ‘बेस्ट मेल एक्ट’ जितेका थिए । २०२४ मा ‘ब्रिटिस ब्ल्याक कल्चर’ मा महत्वपूर्ण योगदान दिएबापत ‘मोबो पायोनियर अवार्ड’ प्राप्त गरेका थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा