
लन्डन । बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा रहेका नेपाली युवाको सुरक्षाको प्रत्याभूतिका लागि गम्भीर हुन नेपाल सरकारलाई आग्रह गरेको छ ।
१५ अक्टुबर २०२५ बुधबार अध्यक्ष बद्री केसीले हमासको नियन्त्रणमा परी ज्यान गुमाएका विपिन जोशीप्रति श्रद्धाञ्जली सन्देश जारी गर्नुहुँदै विदेशमा रहेका नेपालीको सुरक्षाका निम्ति कुशल कूटनीतिक नीति बनाउने विषयमा गम्भीर हुन समेत अनुरोध गर्नुभएको छ ।
‘सुन्दर भविष्यको सपना बोकेर लाखौँ नेपाली युवाहरु विदेशी भूमिमा पुगेका छन् । यस्ता दुखद् घटनाले ती युवाको सुरक्षाको सवाल पनि मुखरित भइरहेको छ । यसर्थ विदेशमा अध्ययन, रोजगारी वा अन्य कुनै शिलशिलामा रहेका नेपाली युवाको सुरक्षाको प्रत्याभूतिका लागि कुशल कुटनीतिक नीति बनाउन गम्भीर हुन समेत नेपाल सरकारलाई अनुरोध गर्दछौँ,’ अध्यक्ष केसीद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणको क्रममा अपहरणमा परेका कञ्चनपूर भीमदत्त नगरपालिकाका विपिन जोशीको निधन भएको मंगलबार पुष्टि भएको थियो । जोशीको निधनको खबरले एनआरएनए परिवारलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको विज्ञप्तिमा जनाइएको छ ।
‘‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उज्वल भविष्यको सपना बोकेर इजरायल पुगेका जोशीको निधनले सम्पूर्ण नेपाली समुदायले एक होनहार सुपुत्र गुमाएको अनुभूति गरिरहेको छ । यस दुःखद् घडीमा, दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौँ,’ विज्ञप्तिमा लेखिएको छ ।
साथै, विपिन जोशीको मृत्युको वास्तविक कारण र परिस्थितिका सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन, न्याय दिलाउन र निजको परिवारले पाउने सामाजिक सुरक्षा, क्षतिपूर्ति, बीमा, सुविधा आदिको लागि उचित पहल गर्न समेत एनआरएनएले सरकारसँग अनुरोध गरेको छ ।

भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते