
लण्डन । बेलायतमा नेपालीहरूको बाक्लो बसोबास रहेको शहर अल्डरसटमा बुधबार बिहान कारले ठक्कर दिँदा प्रात: कालिन भ्रमणमा निस्केका दुई पूर्व गोर्खा सैनिकको मृत्यु भएको छ ।
बिहान करिब साढे ६ बजेतिर फ्लीट रोडमा भएको सो घटनामा वयोवृद्ध पूर्व गोर्खा सैनिकहरू कुमबहादुर गुरुङ र कुलबहादुर गुरुङको निधन भएको हो ।
गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति कृष्णकुमार राईका अनुसार उहाँहरू मर्निङ वाकमा निस्कनुभएको थियो । उहाँहरूलाई सडक पार गरिसकेको अवस्थामा कारले ठक्कर दिएको बुझिएको छ ।
कुलबहादुरको घटनास्थलमै र कुमबहादुरको उपचारका लागि अस्पताल लैजाँदालैजाँदै निधन भएको पनि राईले बताउनुभयो ।
घटनामा संलग्न एक ६६ वर्षीय चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गेसो अल्डरसट समितिका सहकोषाध्यक्ष रहेका कुमबहादुर यातायातका नियमहरूका बारेमा सचेत थिए । केही वर्षअघि अल्डरसटमा बाटो काट्ने क्रममा एक पूर्व गोर्खालाई कारले ठक्कर दिएपछि उनी सधैँ हाइभिजिवल ज्याकेट लगाएर हिँड्थे । ‘अरूले किन सधैँ हाइभिजिवल लुगा लगाएको भन्दा उहाँ यो हाम्रो सुरक्षाको लागि हो नि भनेर भन्ने गर्नुहुन्थयो’ कुमबहादुरसित पटकपटक हिँडेका राईले भने ।
राईले सो घटनामा संलग्न चालकलाई पूर्व गोर्खाहरूले चिन्ने गरेको र घटना जातिय द्वेषबाट प्रेरित पनि हुनसक्ने आशंका गरे ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो