
काठमाडौँ । नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले ३१औँ विश्व आदिवासी दिवस सप्ताहव्यापी रूपमा मनाउने भएको छ ।
‘प्राकृतिक स्रोत, जल, जमिन र जङ्गल माथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्, संयुक्त राष्ट्र संघका एजेन्सी संस्था युएनड्रिप र आइएलओ १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यन्वयन गर्’ भन्ने मूल नारासहित सप्ताहव्यापी दिवस मनाउन लागिएको नेफिनका अध्यक्ष गेल्जेलामा शेर्पाले जानकारी दिनुभयो ।
आइतबार काठमाडौंमा आयोजना भएको पत्रकार सम्मेलनमा उहाँले यही साउन २४ देखि २८ गतेसम्म सप्ताहव्यापी कार्यक्रम आयोजना गरिने बताउनुभयो ।
विगत ३१ वर्षदेखि अन्तरराष्ट्रिय विश्व आदिवासी दिवस विश्वभर मनाउँदै आइएको छ । “नेपालमा पनि आफ्नो जातीय, भाषिक, सांस्कृतिक तथा धार्मिक पहिचानलाई स्थापित गर्ने, मौलिक ज्ञान, सीप र आफ्नो थातथलो संरक्षण एवं प्रवद्र्धन, भूमि र प्राकृतिक स्रोतमाथिको अधिकार सुनिश्चित गर्ने अवसरका रूपमा यसलाई लिएका छौँ”, अध्यक्ष शेर्पाले भन्नुभयो,“यसलाई राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा अर्थपूर्ण र सम्मानजनक सहभागिता जनाउनेलगायत मुद्दालाई राष्ट्रिय वा अन्तरराष्ट्रिय रूपमा बहस पैरवी गर्ने अवसरका रुपमा मनाउने गरिएको छ ।”
नेफिनका महासचिव दिवस राईले मुख्य कार्यक्रम साउन २४ गते राष्ट्रियसभा गृहमा आयोजना गरिने र त्यहाँ आदिवासी जनजातिका पहिचान झल्किने सांस्कृतिक झाँकी, नृत्य, खानाका परिकारहरूको प्रदर्शनसमेत हुने बताउनुभयो ।
यसैबीच नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) का अध्यक्ष गेल्जेलामा शेर्पाले मिस मङ्गोल–२०२४ की विजेता एन्जेल राईलाई नेफिनको सद्भावनादूतमा नियुक्त गर्नुभएको छ ।
महासङ्घका प्रतिनिधिहरूको उपस्थितिमा राईलाई सम्मानसहित सद्भावनादूतको घोषणा गरिएको हो । सद्भावनादूतका रूपमा राईले अब विभिन्न कार्यक्रम, अभियान र अन्तरक्रियामार्फत आदिवासी जनजातिको मुद्दा उजागर गर्ने तथा राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा जनचेतना फैलाउन मद्दत पु¥याउने महासङ्घका महासचिव दिवस राईले विश्वास व्यक्त गर्नुभयो ।
नेफिनले आदिवासी जनजातिको पहिचान, अधिकार र संस्कृतिको प्रवद्र्धनका लागि समाजमा सकारात्मक सन्देश दिन सक्ने युवा प्रतिनिधिका रूपमा राईको भूमिकालाई महत्वका साथ हेरेको जनाएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते