
काठमाडौँ । नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले ३१औँ विश्व आदिवासी दिवस सप्ताहव्यापी रूपमा मनाउने भएको छ ।
‘प्राकृतिक स्रोत, जल, जमिन र जङ्गल माथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्, संयुक्त राष्ट्र संघका एजेन्सी संस्था युएनड्रिप र आइएलओ १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यन्वयन गर्’ भन्ने मूल नारासहित सप्ताहव्यापी दिवस मनाउन लागिएको नेफिनका अध्यक्ष गेल्जेलामा शेर्पाले जानकारी दिनुभयो ।
आइतबार काठमाडौंमा आयोजना भएको पत्रकार सम्मेलनमा उहाँले यही साउन २४ देखि २८ गतेसम्म सप्ताहव्यापी कार्यक्रम आयोजना गरिने बताउनुभयो ।
विगत ३१ वर्षदेखि अन्तरराष्ट्रिय विश्व आदिवासी दिवस विश्वभर मनाउँदै आइएको छ । “नेपालमा पनि आफ्नो जातीय, भाषिक, सांस्कृतिक तथा धार्मिक पहिचानलाई स्थापित गर्ने, मौलिक ज्ञान, सीप र आफ्नो थातथलो संरक्षण एवं प्रवद्र्धन, भूमि र प्राकृतिक स्रोतमाथिको अधिकार सुनिश्चित गर्ने अवसरका रूपमा यसलाई लिएका छौँ”, अध्यक्ष शेर्पाले भन्नुभयो,“यसलाई राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा अर्थपूर्ण र सम्मानजनक सहभागिता जनाउनेलगायत मुद्दालाई राष्ट्रिय वा अन्तरराष्ट्रिय रूपमा बहस पैरवी गर्ने अवसरका रुपमा मनाउने गरिएको छ ।”
नेफिनका महासचिव दिवस राईले मुख्य कार्यक्रम साउन २४ गते राष्ट्रियसभा गृहमा आयोजना गरिने र त्यहाँ आदिवासी जनजातिका पहिचान झल्किने सांस्कृतिक झाँकी, नृत्य, खानाका परिकारहरूको प्रदर्शनसमेत हुने बताउनुभयो ।
यसैबीच नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) का अध्यक्ष गेल्जेलामा शेर्पाले मिस मङ्गोल–२०२४ की विजेता एन्जेल राईलाई नेफिनको सद्भावनादूतमा नियुक्त गर्नुभएको छ ।
महासङ्घका प्रतिनिधिहरूको उपस्थितिमा राईलाई सम्मानसहित सद्भावनादूतको घोषणा गरिएको हो । सद्भावनादूतका रूपमा राईले अब विभिन्न कार्यक्रम, अभियान र अन्तरक्रियामार्फत आदिवासी जनजातिको मुद्दा उजागर गर्ने तथा राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा जनचेतना फैलाउन मद्दत पु¥याउने महासङ्घका महासचिव दिवस राईले विश्वास व्यक्त गर्नुभयो ।
नेफिनले आदिवासी जनजातिको पहिचान, अधिकार र संस्कृतिको प्रवद्र्धनका लागि समाजमा सकारात्मक सन्देश दिन सक्ने युवा प्रतिनिधिका रूपमा राईको भूमिकालाई महत्वका साथ हेरेको जनाएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाको अध्यक्षमा मनसुधन थापा मगर चयन
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?