श्रेष्ठ नेतृत्वको एनआरएनएद्वारा काठमाडौँमा इन्भेस्टमेन्ट समिटको घोषणा

लन्डन । महेश श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आगामी अक्टोबरमा एनआरएन लगानी सम्मेलन आयोजना गर्ने भएको छ ।

अध्यक्ष श्रेष्ठको अध्यक्षतामा हालै बसेको पाँचौं बैठकले एनआरएनए दिवसको अवसर पारेर काठमाडौँमा अक्टोबर ११ र १२, २०२५ (असोज २५–२६, २०८२)मा एनआरएन इन्भेस्टमेन्ट समिट निर्णय गरेको हो । नेपाल सरकारका विभिन्न निकायहरू तथा निजी क्षेत्रका प्रमुख संस्थाहरूसँग सहकार्य गरी उक्त सम्मेलन आयोजना गरिने एनआरएनएले जनाएको छ ।

सम्मेलनले नेपालको आर्थिक समृद्धिको लक्ष्यमा योगदान गर्नुका साथै गैरआवासीय नेपालीहरूलाई नेपालमा लगानीको वातावरण बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

आगामी सम्मेलनकोका सम्बन्धमा अध्यक्ष श्रेष्ठ मंगलबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग छलफल गर्नुभएको थियो । अध्यक्ष ढकालसँगको छलफल अत्यन्तै उत्साहप्रद भएको उहाँले जानकारी गराउनुभएको छ ।

यसैगरी एनआरएनएले अक्टोबर ११ तारिखकै दिन म्याराथन पनि आयोजना गर्ने र त्यसका लागि उपाध्यक्ष मनोज श्रेष्ठलाई संयोजक तोक्ने निर्णय भएको छ ।अगस्टमै युरोप स्तरीय क्षेत्रीय सम्मेलन आयोजना गर्ने निर्णय गरिएको र सम्मेलनको मिति तथा स्थान छिट्टै सार्वजनिक गरिने संघले जनाएको छ ।
यस्तै सेप्टेम्बरमा यूएईमा आईसीसीले विधान सम्मेलन गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री