
लन्डन । बेलायतको वार्षिक उपभोक्ता मूल्य मुद्रास्फीति दर सन् २०२५ को जून महिनामा ३.६ प्रतिशत पुगेको छ, जुन सन् २०२४ को जनवरीयताकै उच्च दर हो । राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) ले बुधबार सार्वजनिक गरेको विवरणअनुसार, मे महिनाको ३.४ प्रतिशतको तुलनामा मुद्रास्फीति दरमा वृद्धि भएको हो ।
यो वृद्धिको मुख्य कारण मोटर इन्धन, हवाई र रेल भाडा तथा खाद्यान्न मूल्यमा भएको उल्लेखनीय वृद्धि हो । खाद्य पदार्थ र गैर–मदिराजन्य पेय पदार्थको मूल्य एक वर्षअघिको तुलनामा ४.५ प्रतिशतले बढेको देखिएको छ, जुन फेब्रुअरी सन् २०२४ यताकै उच्च दर हो ।
ऊर्जा, खाद्यान्न, मदिरा तथा चुरोटलाई बाहिर राखेर गणना गरिएको मुद्रास्फीति दर जूनमा ३.७ प्रतिशत रहेको छ, जुन मे महिनाको ३.५ प्रतिशतको तुलनामा उच्च हो ।
यसअघि ओएनएसले प्रकाशित गरेको तथ्यांक अनुसार, बेलायतको वास्तविक मासिक सकल घरेलु उत्पाद (जीडीपी) मे महिनामा ०.१ प्रतिशतले घटेको थियो ।
बैंक अफ इङ्ग्ल्याण्डले जून महिनामा आफ्नो नीतिगत ब्याजदर ४.२५ प्रतिशतमा यथावत् राखेको थियो । स्थायी मुद्रास्फीति दबाब र विश्वव्यापी अनिश्चितताको कारणले यस्तो निर्णय गरिएको हो । यद्यपि, आगामी अगस्ट महिनामा ब्याजदरमा कटौती हुने अपेक्षा गरिएको छ ।
मुद्रास्फीति दर बैंकको लक्षित दुई प्रतिशत भन्दा अझै माथि रहेको छ । बजार विश्लेषकले सन् २०२५ भित्र कम्तीमा दुई पटक ब्याजदर घट्ने सम्भावना देखेका छन्, जसअनुसार वर्षको अन्त्यसम्म नीतिगत ब्याजदर झरेर करिब ३.७५ प्रतिशत पुग्न सक्ने अनुमान गरिएको छ ।
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
नेपाली कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा तमु धीं, तमु समाज, बीसीसी यूकेलगायत संस्था ल्होछार मनाउँदै, कहिले, के छन् कार्यक्रम ?
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो