
लन्डन । श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा बेलायतमा श्रीमद्भागवत कथा सप्ताह आयोजना हुने भएको छ । धर्म दर्शन फाउन्डेसन नेपाल र बेलायत निवासी भक्तजनहरूको सक्रियतामा श्रीमद्भागवत कथा सप्ताह आगामी अगस्ट १२ देखि १८ तारिखसम्म साउथलस्थित विश्व हिन्दु मन्दिरमा आयोजना गरिनेछ । कार्यक्रम प्रत्येक दिन साँझ ४ बजेदेखि एक हप्तासम्म सञ्चालन हुने छ।
कथा वाचनका लागि अन्तर्राष्ट्रिय कथा व्यास पण्डित कुबेर सुवेदी बेलायत आउनुहुनेछ । १८ महापुराण प्रवक्ता पण्डित सुवेदीले नेपालका विभिन्न स्थानमा विशेषगरी चितवनस्थित देवघाट आश्रममा दैनिक तीन सयभन्दा बढी भक्तजनलाई निःशुल्क भोजन तथा बसोबासको व्यवस्था गर्दै आउनुभएको छ ।
धर्म दर्शन युट्युबमार्फत विश्वभर धार्मिक जागरण, भक्ति–ज्ञान तथा आध्यात्मिक कथा प्रवचन गर्ने सुवेदीले बेलायतमा पनि कथा, प्रवचन र भजन–कीर्तन गर्ने कार्यक्रम छ ।
फाउन्डेसनले बेलायतवासी सम्पूर्ण नेपालीहरूलाई तन, मन, धनद्वारा सहयोग गर्न, कथा श्रवण गर्न र प्रसाद ग्रहणका लागि परिवारसहित उपस्थित हुन आमन्त्रण गरेको छ।
यसैबीच, आगामी १६ अगस्टका दिन श्रीकृष्ण जन्माष्टमी महोत्सव भव्य रूपमा आयोजना गरिने पनि फाउन्डेसनले जनाएको छ।
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा