एनआरएनए यूकेको निर्वाचनका लागि उम्मेदवारको पहिलो नामावली सार्वजनिक

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको १२औं कार्यसमितिको निर्वाचन (२०२५–२०२७) का लागि उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक गरिएको छ। निर्वाचन समितिका अनुसार, यो नामावली जुलाई १३ तारिख साँझ ५ बजेसम्म प्राप्त सबै उम्मेदवारी दर्ताका आधारमा तयार गरिएको हो । अध्यक्ष पदका लागि राजेन्द्र पुडासैनी, मनिष खत्री, गोविन्द खरेल र काशीराम भण्डारीले उम्मेदवारी दिनुभएको छ ।

निर्वाचन समितिका प्रमुख आयुक्त रामशरण सिम्खडा र सदस्यसचिव श्याम लुइँटेलद्वारा हस्ताक्षरित सूचनामा उम्मेदवारसम्बन्धी कुनै दाबी/विरोध भएमा जुलाई १५ साँझ ५ बजेसम्म लिखित रूपमा इमेल (election.uk@nrna.org) मार्फत बुझाउन सकिने उल्लेख छ। निर्धारित समयपछि प्राप्त हुने कुनै पनि उजुरी मान्य नहुने स्पष्ट गरिएको छ।

यस पटकको निर्वाचन जुलाई २६ का दिन मध्याह्न १२:०० बजेदेखि राति १०:०० बजेसम्म अनलाइन माध्यमबाट हुने जनाइएको छ। निर्वाचन समितिका सदस्य सचिव श्याम लुइँटेलले निर्वाचन प्रकृयामा सहभागी सबै उम्मेदवार, मतदाता र सहयोगीहरूलाई आभार प्रकट गर्दै पारदर्शी र सफल निर्वाचनका लागि सबैको निरन्तर सहयोग अपेक्षा गरिएको बताउनुभएको छ ।

एनआरएनए यूकेको निर्वाचन समितिमा रामशरण सिम्खडा प्रमुख आयुक्त रहनुभएको छ भने श्याम लुइँटेल सदस्यसचिव, बिमल गुरुङ, राजन खकुरेल र बिक्रम भट्टराई सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री