डा.रक्षा थापाको एनआरएनए यूकेको उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी घोषणा

लन्डन । सफल महिला उद्यमी डा.रक्षा थापाले गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको छ । साउथ ह्यारोस्थित गोल्डेनसीप रेस्टुरेन्टमा बिहीबार १० जुलाईमा आयोजित एक कार्यक्रममार्फत उहाँले औपचारिक घोषणा गर्नुभएको हो ।

माया सपोर्टेड लिभिङकी निर्देशकसमेत रहेकी डा.थापाले आफू राजनीतिबाहेक स्वतन्त्र रूपमा उम्मेदवार बनेको स्पष्ट पार्नुभयो । उहाँले ११ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै संस्थागत सुधार, युवा सशक्तिकरण, महिला नेतृत्व, गोर्खा आन्दोलनमा ऐक्यबद्धता, नागरिकता निरन्तरता, भाषा-संस्कृति संरक्षण लगायतका विषयमा पहल गर्ने जनाउनुभएको छ ।

कार्यक्रममा विभिन्न संघसंस्थाका अगुवाहरूले थापालाई शुभकामना दिँदै नेतृत्वका लागि योग्य उम्मेदवारको रूपमा समर्थन जनाउनुभएको थियो ।

एनआरएनए यूकेको १२ औं महाधिवेशनअन्तर्गत यही २६ जुलाईमा अनलाइनमार्फत मतदान हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री