
लन्डन । बेलायती प्रधानमन्त्री केइर स्टार्मर र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेनमा युद्धविरामका लागि मस्कोविरुद्ध थप दबाब सिर्जना गर्न आह्वान गरेका छन् ।
बेलायतबाट तथाकथित ‘इच्छुक गठबन्धन’को भिडियो कन्फरेन्स बैठकको सह–अध्यक्षता गर्दै दुवै नेताले युक्रेनका लागि युद्धविरामपछिको शान्ति सेनाको योजना तयार रहेको पनि बताएका छन् ।
म्याक्रोँले मित्र राष्ट्रहरूलाई “रूसमाथि दबाब बढाउन’ आह्वान गर्दै भन्नुभयो, “रूसमाथि दवाब बढाउनका लागि हामीलाई स्पष्ट रूपमा केही नयाँ उपाय आवश्यक भएको छ ।“.
नेटोले कमाण्ड सेन्टरको रुपमा प्रयोग गर्दै आएको उत्तर पश्चिम लण्डनको नर्थवुडमा रहेको बेलायती सैन्य अखडाबाट यी दुई नेताले उक्त धारणा सार्वजनिक गरेका हुन् ।
इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनी, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, अमेरिकी सिनेटरलिण्डसे ग्राहम र रिचार्ड ब्लुमेन्थलले रोमबाट बैठकमा सहभागिता जनाएका थिए ।
योजनाबद्ध शान्ति सेनाबारे छलफल गर्दै म्याक्रोँले भन्नुभयो, “हामीसँग युद्धविरामको केही घण्टापछि जान र सुरु गर्नेगरी एउटा योजना तयारी अवस्थामा छ ।
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
नेपाली कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने