
लन्डन । बेलायती प्रधानमन्त्री केइर स्टार्मर र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेनमा युद्धविरामका लागि मस्कोविरुद्ध थप दबाब सिर्जना गर्न आह्वान गरेका छन् ।
बेलायतबाट तथाकथित ‘इच्छुक गठबन्धन’को भिडियो कन्फरेन्स बैठकको सह–अध्यक्षता गर्दै दुवै नेताले युक्रेनका लागि युद्धविरामपछिको शान्ति सेनाको योजना तयार रहेको पनि बताएका छन् ।
म्याक्रोँले मित्र राष्ट्रहरूलाई “रूसमाथि दबाब बढाउन’ आह्वान गर्दै भन्नुभयो, “रूसमाथि दवाब बढाउनका लागि हामीलाई स्पष्ट रूपमा केही नयाँ उपाय आवश्यक भएको छ ।“.
नेटोले कमाण्ड सेन्टरको रुपमा प्रयोग गर्दै आएको उत्तर पश्चिम लण्डनको नर्थवुडमा रहेको बेलायती सैन्य अखडाबाट यी दुई नेताले उक्त धारणा सार्वजनिक गरेका हुन् ।
इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनी, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, अमेरिकी सिनेटरलिण्डसे ग्राहम र रिचार्ड ब्लुमेन्थलले रोमबाट बैठकमा सहभागिता जनाएका थिए ।
योजनाबद्ध शान्ति सेनाबारे छलफल गर्दै म्याक्रोँले भन्नुभयो, “हामीसँग युद्धविरामको केही घण्टापछि जान र सुरु गर्नेगरी एउटा योजना तयारी अवस्थामा छ ।
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा