
लन्डन । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा (तामाङ) बेलायत आइपुग्नु भएको छ ।
पारिवारिक कामको सिलसिलामा मुख्यमन्त्री तामाङ बिहीबार १० जुलाई बिहान लन्डनस्थित हिथ्रो विमानस्थल आइपुग्नुभएको हो । उहाँसँगै प्रमुख स्वकीय सचिव छत्रबहादुर लामा पनि बेलायत आउनुभएको छ ।
मुख्यमन्त्री तामाङ र प्रमुख स्वकीय सचिव लामाको स्वागतमा नेपाली जनसम्पर्क समिति बेलायतका अध्यक्ष युवराज गुरुङ, धादिङ–नुवाकोट समाज यूकेका अध्यक्ष धन पाख्रिन तामाङ, तामाङ समाज यूकेका निवर्तमान अध्यक्ष कुमार तामाङ, धादिङ–नुवाकोट समाज यूकेका क्षेत्रीय प्रतिनिधि देवान तामाङ, इन्जिनियर दावा तामाङ, राजकुमार खत्री, जयमान तामाङलगायत हिथ्रो पुग्नुभएको थियो ।
हिथ्रोमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्नुहुँदै मुख्यमन्त्री तामाङले आफू छोरीको कन्भोकेसन सेरोमनीका लागि आए पनि नेपाली संघसंस्था र पार्टी निकट संगठनको आयोजनामा हुने कार्यक्रममा सहभागी हुने बताउनुभयो । उहाँले आफूहरुको स्वागतका लागि हिथ्रोमा आएका सबैलाई धन्यवाद दिँदै बेलायतमा रहेर नेपाली राजनीति, संस्कार, संस्कृतिको विकास र संरक्षणका लागि गरिरहेको प्रयत्नप्रति आभार व्यक्त गर्नुभयो ।
जनसम्पर्क समिति बेलायतका अध्यक्ष युवराज गुरुङले मुख्यमन्त्री तामाङ पारिवारिक कामका लागि आउनुभए पनि संगठनले जुलाई १९ तारिखमा उहाँको स्वागत तथा सम्मान कार्यक्रम राखेको जानकारी गराउनुभयो । उहाँले कांग्रेसमा आस्थावान साथीहरुलाई उक्त कार्यक्रममा सहभागी भएर मुख्यमन्त्री तामाङलाई स्वागत, सम्मान र भेटघाट गर्न आग्रह गर्नुभयो । कार्यक्रमको स्थान र समयबारे सामाजिक सञ्जालमार्फत पछि जानकारी दिने उहाँको भनाइ थियो ।
मुख्यमन्त्री तामाङ र प्रमुख स्वकीय सचिव लामालाई बेलायतमा स्वागत गर्नुहुँदै उहाँले बेलायत भ्रमण सुखद् र सफल रहोस् भन्ने शुभकामना दिनुभयो ।
धादिङ–नुवाकोट समाज यूकेका अध्यक्ष धन तामाङले यस वर्ष १९ जुलाईमा हुने संस्थाको ‘समर बीबीक्यू भेटघाट धमाका– २०२५’मा मुख्यमन्त्री प्रमुख अतिथिको रुपमा उपस्थित गराउन पाउने भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले कार्यक्रम क्रान्सफोर्ड कम्युनिटी कलेज हन्स्लोमा हुने जनाउँदै उपस्थित हुन सबै बेलायतवासी नेपालीलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा स्वर्ण पदक विजेता राष्ट्रिय कुङ्फु खेलाडी सरिना घले विशेष अतिथिको रुपमा उपस्थित हुनुहुनेछ । उहाँले फुटबल खेल बिहान साढे ८ देखि दिउँसो साढे १ बजेसम्म र सांस्कृतिक कार्यक्रम २ बजेदेखि मध्यरातसम्म हुनेछ । दिउँसो ३ बजे मुख्यमन्त्री तामाङ उपस्थित हुनुहुनेछ ।
कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गायिका देवी घर्तीमगर, जिल्लावासी राष्ट्रिय कलाकारद्वय पबित्र गुरुङ र लक्ष्मी खड्का, भर्सटाइल बहुप्रतिभाशाली गायक कुमार योन्जनको विशेष प्रस्तुति रहने अध्यक्ष तामाङले बताउनुभएको छ ।
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा