
लन्डन । हितकाजी गुरुङ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके निर्वाचन समिति २०२५–२०२७ ले आगामी कार्यसमिति निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ ।
यही जुलाई २६ तारिखका लागि तय गरिएको निर्वाचनका लागि निर्वाचन समितिले ८ जुलाई २०२५ मा अन्तिम मतदाता विवरण सार्वजनिक गरेको हो । विवरण अनुसार ३ हजार ५ सय १ जना मतदाता रहेका छन् । जसमध्ये इंग्ल्याण्डमा १८ सय ६० जना, स्कटल्याण्ड: १५ सय १३ जना,नर्दन आयरल्याण्ड ५४ जना र वेल्समा ७४ जना छन् ।
एनआरएनए यूके निर्वाचन समितिका प्रमुख आयुक्त रामशरण सिम्खडा र सदस्यसचिव श्याम लुइँटेलले मतदाता नामावली टुंगो लगाउने सहयोग पुर्याउने सम्पूर्णलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा व्यक्त गर्नुभएको छ। निर्वाचन समिति सदस्यहरुमा बिमल गुरुङ, राजन खकुराल, विक्रम भट्टराई सदस्य रहनुभएको छ ।
मतदाता सूची तलका लिङ्कमा हेर्न सक्नु हुनेछ ।

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
नेपाली कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने