
लन्डन । नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन यूके)को आयोजनामा ‘डिनर नाइट’ कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार ६ जुलाई २०२५ मा अल्डरसटस्थित एम्पायर हलमा सांगीतिक रमझमसहित डिनर नाइट सम्पन्न भएको हो । महासंघका अध्यक्ष मेजर योगेश कोयी राईको सभापतित्वमा र महासचिव फ्रमबहादुर दुराको कुशल सञ्चालन कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमका संयोजक मेजर (रिटायर्ड) इन्द्रप्रसाद राईले उपस्थित महानुभावहरूलाई स्वागत मन्तव्य प्रदान गर्नुभएको थियो । बेलायतस्थित नेपाली राजदूतावासका राजदूत चन्द्रकुमार घिमिरे र अध्यक्ष मेजर योगेश राईले संयुक्त रूपमा पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राजदूत घिमिरेले यस्ता कार्यक्रमहरूले समुदायबीच एकता र सहकार्य सुदृढ पार्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
अध्यक्ष मेजर योगेश राईले ‘डिनर नाइट’ कार्यक्रमको उद्देश्य स्पष्ट पार्दै संकलित रकमबाट हाललाई जग्गा लिजमा लिने र भविष्यमा स्थायी रूपमा जग्गा किन्नेसम्मको दीर्घकालीन योजना रहेको जानकारी गराउनुभयो । उहाँ प्राप्त सहयोगको विवरण केही दिनपछि सार्वजनिक गरिने बताउनुभयो ।
कलाकार पवित्रा गुरुङ, आरसी पौडेल, भूमिका साह, आरुषी मगर, युवराज मगर, निता पुनलगायतले सांगीतिक प्रस्तुति दिएर वातावरणलाई थप मनोरञ्जनात्मक बनाउनुभएको थियो ।

कार्यक्रममा एनआरएनएका उपाध्यक्ष विश्वासदीप तिगेला, नेफिन केन्द्रका पूर्वसचिव भक्त दूरा, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, तमुधीं यूके अध्यक्ष जुमकाजी गुरुङ, मगर संघ यूके अध्यक्ष लालबहादुर पुन, गुल्मेली समाज यूके अध्यक्ष रुद्र थापा मगर, गेसो सभापति कृष्णकुमार राई, सीएनसीबीजीका अध्यक्ष थर्क राना, किरात याक्थुङ चुम्लुङ यूके अध्यक्ष कमला सेन्दाङ लिम्बु, किरात राई यायोक्खा बेलायतकी अध्यक्ष आशा राई, पाँचथर समाज सेवा यूके अध्यक्ष शान्ति लिम्बु, तमुधीं यूके आमा समूह अध्यक्ष कमला देवी गुरुङ, ग्रेटर रस्मूर नेपाली कम्युनिटी यूके अध्यक्ष लिला सेलिङ माबो लगायत अन्य अतिथि तथा बेलायतवासी नेपालीहरुको बाक्लो उपस्थिति थियो ।
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा