
लन्डन । तमुधीं यूकेले आगामी २४ अगस्ट आइतबार क्याम्पर्टन पार्कमा १६औँ नेपाली मेला आयोजना गर्ने भएको छ ।
नेपाली दूतावास लन्डनको सहकार्यमा हुने नेपाली मेला तयारी सुरु भइसकेको तमुधीं यूकेका उपाध्यक्ष तथा मेला संयोजक कमल गुरुङले जानकारी दिनुभयो । उहाँले नेपालका विभिन्न जातजातिको संस्कृति, भेषभूषा र परम्परा चिनारी गराउन हरेक वर्ष तमुधीं यूकेले मेला आयोजना गरिँदै आएको बताउनुभयो ।
मेलामा सांस्कृतिक झाँकी, मौलिक नाचगान, एम्बासडर कप र एनआरएनए कप प्रतियोगिता हुने छन् । विजेता टोलीलाई नगद तथा आकर्षक पुरस्कार दिइनेछ ।
मेलामा ६/७ वटा रेस्टुरेन्टमार्फत नेपाली खानाका परिकार, नेपाली कपडाका स्टल, गहना र अन्य सामग्रीका स्टलहरू साथै नेपाली व्यवसाय प्रवर्द्धनका स्टलहरू रहनेछन् । गत वर्ष ९० हाराहारी स्टल राखिएको जनाउँदै उहाँले बेलायतमा नेपाली व्यवसायी बढेकाले स्टलहरु पनि बढ्ने अनुमान रहेको बताउनुभयो ।
मेलामा प्रस्तुति दिन नेपालबाट थुप्रै कलाकार आउनेछन् भने नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको विशेष उपस्थिति रहने तमुधीं यूकेले जनाएको छ । मेला बिहान १० देखि राति ८ बजेसम्म सञ्चालन हुनेछ । टिकट शुल्क ५ पाउन्ड तय गरिएको छ । तर ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिने छ ।
संयोजक गुरुङले सबै नेपाली संघसंस्था र समुदायलाई झाँकी तथा मौलिक नाच लिएर सहभागिता जनाउन आग्रह गर्नुभएको छ ।
मेलाको नारा ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ तय गरिएको छ । गोर्खा प्यालेसले खाना व्यवस्थापन गर्नेछ ।
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु