
लन्डन । पासा पुच: गुथि यूकेले २५ औं स्थापना दिवसको अवसरमा लन्डनमा पहिलोपटक इन्द्रजात्रा आयोजना गर्ने भएको छ । कार्यक्रम १६ अगस्ट २०२५ मा फेल्थामस्थित स्प्रिङवेस्ट एकेडेमीकोको प्राङ्गणमा दिउँसो १२ देखि साँझ ७ बजेसम्म हुनेछ ।
काठमाडौँको झल्को दिने गरी आयोजना गरिने जात्रामा कुमारी, भैरव र गणेशको रथ यात्रा, लाखे नाच, धिमे बाजा, नेवारी नाचलगायत कार्यक्रम हुनेछन् । नेपालकै शैलीमा रथ निर्माण भइरहेको शनिबार आयोजित पत्रकार सम्मेलनमा पासा पुच: गुथि यूके बोर्ड अफ ट्रष्टी अध्यक्ष सुशील प्रजापतिले जानकारी दिनुभयो ।
कार्यक्रममा करिब ४ हजार दर्शकको उपस्थिति अपेक्षित छ भने नेपाली मात्र होइन, अन्य समुदायलाई पनि सहभागी हुन आग्रह गरिएको छ ।
टिकट अनलाइन वा प्रत्यक्ष किन्न सकिनेछ । १० पाउन्ड टिकट दर भए पनि जून महिनाभित्र अग्रिम टिकट काटेमा ५ पाउन्डमात्रै तिर्नुपर्ने आयोजकले जनाएका छन् ।
सन् २००० मा गुथि स्थापना भएपछि यूकेमा म्ह पूजा, गुथि भ्वय, गुथि पूजा, वृहत नेवा मुना, योमरी पुन्ही, गुथि सेमिनार, लन्डन खः जात्रा, लन्डन बिस्का जात्रालगायत विभिन्न सांस्कृतिक गतिविधि भइरहँदा पहिलो पटक लन्डन इन्द्रजात्रा थपिएको उहाँले जनाउनुभयो । लन्डन इन्द्रजात्रालाई नेवा संस्कृति प्रवर्द्धन मात्र नभई नेपाल चिनाउने अन्तर्राष्ट्रिय प्रयासको रूपमा समेत हेरिएको छ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने