
लन्डन । पासा पुच: गुथि यूकेले २५ औं स्थापना दिवसको अवसरमा लन्डनमा पहिलोपटक इन्द्रजात्रा आयोजना गर्ने भएको छ । कार्यक्रम १६ अगस्ट २०२५ मा फेल्थामस्थित स्प्रिङवेस्ट एकेडेमीकोको प्राङ्गणमा दिउँसो १२ देखि साँझ ७ बजेसम्म हुनेछ ।
काठमाडौँको झल्को दिने गरी आयोजना गरिने जात्रामा कुमारी, भैरव र गणेशको रथ यात्रा, लाखे नाच, धिमे बाजा, नेवारी नाचलगायत कार्यक्रम हुनेछन् । नेपालकै शैलीमा रथ निर्माण भइरहेको शनिबार आयोजित पत्रकार सम्मेलनमा पासा पुच: गुथि यूके बोर्ड अफ ट्रष्टी अध्यक्ष सुशील प्रजापतिले जानकारी दिनुभयो ।
कार्यक्रममा करिब ४ हजार दर्शकको उपस्थिति अपेक्षित छ भने नेपाली मात्र होइन, अन्य समुदायलाई पनि सहभागी हुन आग्रह गरिएको छ ।
टिकट अनलाइन वा प्रत्यक्ष किन्न सकिनेछ । १० पाउन्ड टिकट दर भए पनि जून महिनाभित्र अग्रिम टिकट काटेमा ५ पाउन्डमात्रै तिर्नुपर्ने आयोजकले जनाएका छन् ।
सन् २००० मा गुथि स्थापना भएपछि यूकेमा म्ह पूजा, गुथि भ्वय, गुथि पूजा, वृहत नेवा मुना, योमरी पुन्ही, गुथि सेमिनार, लन्डन खः जात्रा, लन्डन बिस्का जात्रालगायत विभिन्न सांस्कृतिक गतिविधि भइरहँदा पहिलो पटक लन्डन इन्द्रजात्रा थपिएको उहाँले जनाउनुभयो । लन्डन इन्द्रजात्रालाई नेवा संस्कृति प्रवर्द्धन मात्र नभई नेपाल चिनाउने अन्तर्राष्ट्रिय प्रयासको रूपमा समेत हेरिएको छ।
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन