
लन्डन नेपाली फिचर फिल्म ‘नाकछोङ’ (बिजुवा)को आगामी २० जुलाई २०२५ मा यूकेमा प्रदर्शन हुने भएको छ ।
आसफोर्डमा उक्त चलचित्र पहिलोपटक प्रदर्शन हुन लागेको हो । ज्योतिराज राई प्रस्तुतकर्ता रहेको फिल्ममा मुख्य कलाकार भुवन सिंह राईलाई प्रस्तुत गरिएको छ । फिल्ममा भुवन सिंह राई, यासेली योङ्हाङ, सुष्मा सुब्बा गुरुङ, सारा राई, ताया हाङ राई, अनुशा राई, सरोज राई, उत्तम राई, पूर्ण लिम्बु, त्रिचु राई, दिनेश कोइराला, हेम दिलुङ्छा राई, उदय सुब्बा कुरुङ्बाङ, विनोद पोमो , तुलशा लिम्बु , मदन खोदूङ राई ,ससिता राई रसा लिम्वू , मीसन बान्तावा राई,सागर केरुङ,बबिन राई र बाल कलाकार जेशन राई लगायतको अभिनय रहेको छ ।
फिल्मको निर्देशन किरण राईले गर्नुभएको हो । किरणको यो निर्देशनमा तेस्रो फिल्म हो । उहाँले यसअघि ‘लुङा’ र ‘जिउपंचौ’ निर्देशन गर्नुभएको थियो ।
फिल्ममा लेखन समेत किरणकै छ पोपीराज राई निर्माता रहेको फिल्मको छायांकन बाबु श्रेष्ठले गर्नुभएको हो । राजन मुकारुङ र विष्णु किरातीको शब्द, दिनेशकाजी बान्तवा, अनिल कोई राईको संगीत रहेको फिल्मको गीतमा नोगेन लिम्बु र परेस राईले स्वर दिनुभएको छ ।
फिल्मको मुख्य सहायक निर्देशक बारत लिम्बु रहनुभएको छ । कार्यकारी निर्माता रमु श्रेष्ठ रहेको फिल्मको पटकथा सम्पादन निर्देशक किरण र निर्माता ज्योती राजले मिलेर तयार पार्नुभएको हो भने पार्श्व संगीत मोनिष निरौला, कलर अनिल राना, ध्वनि संयोजन र मिक्सिङ सागर अर्यालको रहेको फिल्मका निर्माण नियन्त्रक दोय गिरीराज राई र कमल लिम्बु (सार्के) रहनुभएको छ ।
निर्माता ज्योतीराजले फिल्मको निर्माण आफ्नो परम्परा जोगाएर पुस्तान्तरण गर्नु रहेको बताउनुभएको छ । हरेक चाड, विवाह, कुलपितृ, मर्दापर्दा , रीति भेसभुषामा आवश्यक बिजुवा (नाकछोङ)को संरक्षणका लागि फिल्म निर्माण गरिएको हो ।
निर्माता ज्योतीराजले यसअघि ‘लुङ्गा’, संगम, त्रिवेणी, पापी मान्छे, वान वे प्रोडूसर , लगायत फिल्म का साथै चर्चित टिभी सिरिजहरु पनि निर्माण गर्नुभएको छ ।
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा