
लन्डन । बेक्सली नेपाली समाजको अध्यक्षमा विजिता गौतम निर्वाचित हुनु भएको छ ।
संस्थाको आइतबार भएको पाँचौं अधिवेशनअन्तर्गतको निर्वाचनमा प्रतिस्पर्धी केदार थपलियालाई पराजित गर्दै गौतम अध्यक्षमा निर्वाचित हुनुभएको हो । गौतमले १ सय मत पाउनुभएको थियो भने थपलियाको पक्षमा ८७ मत परेको निर्वाचन समितिले जनाएको छ । यसअघि गौतम र थपलिया कार्यसमिति उपाध्यक्ष रहनुभएको थियो ।
निर्वाचन समितिका संयोजक विजय गुरुङले कार्यसमितिका अरु सबै पद सर्वसम्मत भएको पनि जानकारी गराउनुभयो । उहाँका अनुसार दुई वर्षे कार्यकालका लागि उपाध्यक्षमा अहिल्या कुँवर, हिमाल गुरुङ, विमला सापकोटा सेढाईं र शम्भुनाथ अधिकारी उपाध्यक्ष निर्वाचित हुनुभयो ।
महासचिवमा दिकपाल गुरुङ र सचिवमा राजेन्द्र लम्साल तथा कोषाध्यक्षमा तिलक लम्साल र सहकोषाध्यक्षमा विश्वराज पौडेलले जिम्मेवारी पाउनुभएको छ ।
कार्यसमिति सदस्यमा रविन गिरी, मीनाकुमारी थापा, प्रजोति भण्डारी, दिवशनाथ बाँस्तोला र सरिता शर्मा सर्वसम्मत चयन हुनुभयो ।
नयाँ समितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समिति संयोजक विजय गुरुङले शपथग्रहण गराउनुभएको थियो । नवनिर्वाचित समितिलाई समाजका निवर्तमान अध्यक्ष डा हरिश ज्ञवाली, संस्थापक अध्यक्ष केशबहादुर गुरुङ, पूर्वअध्यक्षहरु विजय गुरुङ, आनन्द धरेललगायतले बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।
निवर्तमान अध्यक्ष डा ज्ञवालीले पनि कुशलतापूर्वक निर्वाचन सम्पन्न गराउने निर्वाचन समिति एवं आफ्नो कार्यसमितिका सबै पदाधिकारीलाई मायाको चिनोसहित धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाँले आफ्नो कार्यकाल सफल बनाउन अहोरात्र खटिने सिंगो कार्यसमिति, सल्लाहकारहरु एवम् सबै सदस्य तथा सहयोगीहरुलाई धन्यवाद दिनुभयो ।
यसअघि निवर्तमान समिति अध्यक्ष डा हरिश ज्ञवालीको अध्यक्षतामा सम्पन्न अधिवेशनको पहिलो सत्रमा महासचिव हिमाल गुरुङको प्रगति प्रतिवेदन र कोषाध्यक्ष नारायण पन्तको आर्थिक प्रतिवेदन पारित गरिएको थियो । बेक्सली नेपाली समाज सन् २००८ मा स्थापना भएको हो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा