
लन्डन । बेक्सली नेपाली समाजको अध्यक्षमा विजिता गौतम निर्वाचित हुनु भएको छ ।
संस्थाको आइतबार भएको पाँचौं अधिवेशनअन्तर्गतको निर्वाचनमा प्रतिस्पर्धी केदार थपलियालाई पराजित गर्दै गौतम अध्यक्षमा निर्वाचित हुनुभएको हो । गौतमले १ सय मत पाउनुभएको थियो भने थपलियाको पक्षमा ८७ मत परेको निर्वाचन समितिले जनाएको छ । यसअघि गौतम र थपलिया कार्यसमिति उपाध्यक्ष रहनुभएको थियो ।
निर्वाचन समितिका संयोजक विजय गुरुङले कार्यसमितिका अरु सबै पद सर्वसम्मत भएको पनि जानकारी गराउनुभयो । उहाँका अनुसार दुई वर्षे कार्यकालका लागि उपाध्यक्षमा अहिल्या कुँवर, हिमाल गुरुङ, विमला सापकोटा सेढाईं र शम्भुनाथ अधिकारी उपाध्यक्ष निर्वाचित हुनुभयो ।
महासचिवमा दिकपाल गुरुङ र सचिवमा राजेन्द्र लम्साल तथा कोषाध्यक्षमा तिलक लम्साल र सहकोषाध्यक्षमा विश्वराज पौडेलले जिम्मेवारी पाउनुभएको छ ।
कार्यसमिति सदस्यमा रविन गिरी, मीनाकुमारी थापा, प्रजोति भण्डारी, दिवशनाथ बाँस्तोला र सरिता शर्मा सर्वसम्मत चयन हुनुभयो ।
नयाँ समितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समिति संयोजक विजय गुरुङले शपथग्रहण गराउनुभएको थियो । नवनिर्वाचित समितिलाई समाजका निवर्तमान अध्यक्ष डा हरिश ज्ञवाली, संस्थापक अध्यक्ष केशबहादुर गुरुङ, पूर्वअध्यक्षहरु विजय गुरुङ, आनन्द धरेललगायतले बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।
निवर्तमान अध्यक्ष डा ज्ञवालीले पनि कुशलतापूर्वक निर्वाचन सम्पन्न गराउने निर्वाचन समिति एवं आफ्नो कार्यसमितिका सबै पदाधिकारीलाई मायाको चिनोसहित धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाँले आफ्नो कार्यकाल सफल बनाउन अहोरात्र खटिने सिंगो कार्यसमिति, सल्लाहकारहरु एवम् सबै सदस्य तथा सहयोगीहरुलाई धन्यवाद दिनुभयो ।
यसअघि निवर्तमान समिति अध्यक्ष डा हरिश ज्ञवालीको अध्यक्षतामा सम्पन्न अधिवेशनको पहिलो सत्रमा महासचिव हिमाल गुरुङको प्रगति प्रतिवेदन र कोषाध्यक्ष नारायण पन्तको आर्थिक प्रतिवेदन पारित गरिएको थियो । बेक्सली नेपाली समाज सन् २००८ मा स्थापना भएको हो ।
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा