
लन्डन । बेलायतवासी ट्रेड युनियन अधिकारीकर्मी नुवाकोटका राजेन्द्र पुडासैनीले गैर आवासीय नेपाली संघ (एनआरएनए यूके) को अध्यक्षमा उम्मेदवारीबारे केही दिनमा औपचारिक घोषणा गरिने बताउनुभएको छ ।
शक्रबार पत्रकारसँग कुरा गर्दै पुडासैनीले एकताबद्ध र एउटै एनआरएनए यूके निर्माणका लागि विभिन्न पक्षको सल्लाह, सुझाव लिने काम भइरहेकोले नेतृत्व लिने विषयमा औपचारिक घोषणा बाँकी रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘हामीले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरिसकेका छैनौं, सल्लाह सुझाव लिइरहेका छौं । केही दिनमा घोषणा हुन्छ ।’
उहाँले एकताबद्ध र एउटै एनआरएन, नेपाली नागरिकताको निरन्तरता, नेपालमा रहेको सम्पत्तिको सुरक्षा, पूर्व गोर्खाजको समानताको लडाईमा ऐेक्यबद्धताको लागि, एनआरएनएमा नयाँ पुस्ताको सहभागिता, नेपाली कला, साहित्य र संस्कृतिको संवर्धन र प्रवर्धन, नेपाली विद्यार्थी र कामदारहरुको अधिकार र सुरक्षालगायत एजेन्डा अघि सारिने जानकारी दिनुभएको छ ।
नुवाकोटको साविक जिलिङ गाविस २ (हाल बेलकोटगडी नगरपालिका ८ )का स्थायी बासिन्दा पुडासैनी २५ वर्ष अगाडि बेलायत आउनुभएको थियो । पढाइकै क्रममा बेलायतको प्रतिष्ठित युनिभर्सिटीबाट एमबीए तथा बीएस्सी अनर्स उत्रीर्णपश्चात् विगत १५ वर्षदेखि स्वास्थ्य सेवा विभागमा कार्यरत हुनुहुन्छ । नेपालमा रहँदा सरस्वती बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) सभापति समेत भएका पुडासैनी बेलायतको ट्रेड युनियन आन्दोलनको अग्रणी मोर्चामा रहेर काम गरिरहनुभएको छ । बेलायतको सबैभन्दा ठूलो ट्रेड युनियनमध्ये एक जीएमबी नेशनल युनियन लन्डन सेन्टर नर्थको सचिव पदमा रहि श्रमिकहरुको हकहितको पैरबी गर्दै हुनुहुन्छ ।
सामाजिक अन्तरघुलनमा विश्वास गर्ने उहाँ सन् २०१४ मा लन्डन बरो अफ ह्यारोको ह्यारो अन द हिलबाट काउन्सिलर पदमा प्रत्यासी राजनीति र समाजसेवालाई शुद्धीकरणमा विश्वास गर्नुहुन्छ । बेलायतको विभिन्न सामाजिक संघसंस्था जस्तै यती नेपाली एसोसिएसन यूकेको दुईपटक महासचिव, प्रवासी नेपाली मञ्च बेलायतको अध्यक्ष लगायत विभिन्न संघसंस्थाको सल्लाहकार हुँदै एनआरएनए अन्तराष्ट्रिय कमिटीको २०२१–२३ मा सदस्यसमेत हुनुहुन्थ्यो ।
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा