लन्डनमा दुई हजार वर्ष पुरानो रोमन भित्तेचित्रको उत्खनन्

लन्डन । पुरातत्वविद्हरूले लण्डनमा फेला परेको रोमन भित्तेचित्र भएको प्लास्टरको सबैभन्दा ठूलो संग्रहको सङ्कलन गरेका छन् । सन् २०२१ मा निर्माणस्थलमा फेला परेको भित्तेचित्र कुनै समय थेम्स नदीको दक्षिणमा इस्वी संवत् ४३ देखि १५० ताकाको प्रारम्भिक रोमन भवनको करिब २० वटा भित्री भित्तामा सजाइएको प्राचिन चित्रकला भएको म्युजियम अफ लण्डन आर्कियोलोजी (एमओएलए) ले जनाएको छ ।

केही समयअघि भवन निर्माणस्थलमा भेटिएको रोमन भाषासहितको उक्त भित्तेचित्र निर्माणस्थल सम्याउने क्रममा एउटा ठूलो खाल्डोमा टुक्रटुक्रमा फ्याँकिएको अवस्थामा फेला परेको थियो । मोलाका वरिष्ठ भवन निर्माण सामग्री विशेषज्ञ हान लीले विगत तीन महिनादेखि ती टुक्राहरू बिछ्याउन र डिजाइनहरू पुनर्निर्माण गर्न समय खर्चिनुभएको थियो ।

“जब मैले प्लास्टर राख्न सुरु गरेँ तब मैले उत्साह र घबराहटको मिश्रण महसुस गरेँ, यो मेरो जीवनकालमा विरलै (एक पटक) मात्र अनुभव गरेको काम हो,” उहाँले भन्नुभयो । उहाँले भन्नुभयो, “धेरै टुक्राहरू धेरै नाजुक थिए र भवन भत्काउँदा विभिन्न भित्ताका टुक्राहरू एकसाथ झुन्डिएका थिए, त्यसैले यो संसारको सबैभन्दा कठिन पहेलीलाई एकत्रित गरे जस्तै थियो।”

उहाँले भन्नुभयो, “यसको परिणाम लण्डनको रोमनकालको उत्तरार्धमा बनाइएका र लामो समय गमनाम बनेका भित्तेचित्रहरूको उत्खनन् (सङ्कलन गर्ने काम) भएको छ ।” पुनर्निर्माणका क्रममा १८०० वर्षसम्म नदेखिएका चरा, फल, फूल र लाइरहरूको तस्वीरहरूले सजाइएको उज्ज्वल पहेंलो भित्तेचित्रका नमूनाहरू देखा परेका र त्यसलाई करिब तीन महिनाको समय लगाएर जोडिएको थियो।

टुक्राहरूमा चित्रकारको हस्ताक्षरको प्रमाण पनि भेटिएको छ । यद्यपि टुक्राहरूमा नाम भने छैन, साथै त्समा प्राचीन ग्रीक वर्णमालाको असामान्य भित्तेचित्रहरू पनि छन् । अर्को टुक्रामा ‘फ्लाभियन पिरियड (इस्वी संवत् ६९–९६)’ हेयर स्टाइल भएकी रोइरहेकी महिलाको अनुहार देखाइएको छ । निर्माण स्थलमा मोजाइक र एउटा दुर्लभ रोमी समाधिस्थल निर्माण भइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री