
लन्डन । पूर्वमुख्यमन्त्री एवं नेकपा एमाले महासचिव शंकर पोखरेल बिहीबार दोहा प्रस्थान गर्नुभएको छ । उहाँ बिहीबार १९ जून २०२५ मा लन्डनस्थित हिथ्रो विमानस्थल हुँदै दोहा प्रस्थान गर्नुभएको हो ।
शुक्रबार दोहमा सम्बोधन गर्ने र २२ जूनमा काठमाडौं पुग्ने नेता भक्त गुरुङले जानकारी दिनुभयो । नेता पोखरेलको बिदाइका लागि प्रवासी नेपाली मञ्च यूकेका नवनिर्वाचित अध्यक्ष पशुपति पोखरेलसहित पदाधिकारी, सदस्य, नेता भक्त गुरुङसहित कार्यकर्ता, शुभेच्छुक, आफन्तलगायत पुगेका थिए ।
पोखरेल बेलायत रहँदा लन्डन हाईगेटस्थित कार्ल मार्क्सको समाधिमा पुष्पगुच्छा अर्पण,वेष्टमिन्स्टर संसद् भवन, वेष्टमिन्स्टर हल, हाउस अफ कमन्स, हाउस अफ लर्ड्स, लण्डन थेम्स रिभर,स्याण्डर्स, क्याम्बर्ली,फार्नबोरो, फ्लीट,मिचेटस्थित तमु धीं यूकेको भवन भ्रमण तथा अवलोकन, गोर्खा प्यालेस, चाइनिज ओरेन्टियल,पिपल मर्गेजलगायत नेपालीको व्यवसाय अवलोकन, अल्डरसट टाउन, प्रिन्सेस गार्डेनमा ज्येष्ठ नागरिकहरूसँग भेटघाट, पहिलो भीसी कुलबहादुर थापाको सालिक अवलोकन, नेपाली दूतावास लन्डनको रिसेप्सनमा सहभागी हुनुभएको थियो ।
उहाँ एमाले पोलिटब्युरो सदस्यसमेत रहेकी पत्नी सुजिता शाक्य, एमाले केन्द्रीय सदस्य एवं तुलसीपुर उपमहानगरपालिकाका पूर्वमेयर घनश्याम पाण्डेसहित प्रवासी नेपाली मञ्च यूकेको नवौं अधिवेशनका लागि बेलायत आउनुभएको थियो ।
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा