
लन्डन । नेपाली दूतावास लन्डनले यही २३ जूनमा स्कटल्यान्डको एडिनवर्गमा ‘नेपाली मेला २०२५’ गर्ने भएको छ ।
गैर आवासीय नेपाली संघ स्कटल्यान्ड र स्थानीय नेपाली संघ संस्थाहरुसँगको समन्वयमा सोमबार २३ जूनमा वेस्ट प्रिन्सेस स्ट्रिट गार्डेन्समा नेपाली मेला आयोजना गरिने नेपाली दूतावास लन्डनले जनाएको छ । मेला बिहान १० देखि बेलुकी ६ बजेसम्म हुने छ ।
नेपाल प्रमोट, युवा पुस्ताबीच आपसी चिनजान र उनीहरुलाई नेपाली मौलिक कला संस्कृतिबारे जानकारी एवं नेपाली-स्कटिससँग नेटवर्किङ नै मेलाको प्रमुख उद्देश्य रहेको दूतावासले जनाएको छ ।
मेलामा खाना स्टल, हस्तकला लगायत नेपाली उत्पादनको शो केस, आआफ्नो समुदायको झांकी, पन्चेबाजासहित सांस्कृतिक प्रस्तुति, नेपाल चिनाउने सामग्री वितरण र परेड पनि गरिनेछ ।
यसैबीच एडिनवर्गको मेलास्थलमा दूतावासले राहदानी र कन्सुलर सेवा पनि दिने भएको छ । दूतावासले सूचना जारी गर्दै नेपाली मेला २०२५ को आयोजनास्थलमा राहदानी तथा कन्सुलर सेवा प्रदान गर्ने कार्यक्रमसमेत रहेको जानकारी गराएको हो । उक्त शिविरमा उपस्थित भई आफूलाई आवश्यक परेको सेवाबाट लाभान्वित हुन सबैमा दूतावासले आग्रह गरेको छ ।
कन्सुलर सेवा वेस्ट प्रिन्सेस स्ट्रिट गार्डेन्समा सोमबार २३ जून २०२५ मा दिउँसो ११ देखि साँझसमेम हुनेछ । राहदानी, अधिकृत वारेसनामा, कागजात प्रमाणीकरण, एकतर्फी यात्रा अनुमतिपत्र, पर्यटक भिसा, गैरआवासीय नेपाली परिचय पत्रको सेवा प्रदान गरिने छ ।
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
मानवसेवा आश्रम युकेको साधारणसभा जुलाई १९मा
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन