
लन्डन । नेपाली दूतावास लन्डनले यही २३ जूनमा स्कटल्यान्डको एडिनवर्गमा ‘नेपाली मेला २०२५’ गर्ने भएको छ ।
गैर आवासीय नेपाली संघ स्कटल्यान्ड र स्थानीय नेपाली संघ संस्थाहरुसँगको समन्वयमा सोमबार २३ जूनमा वेस्ट प्रिन्सेस स्ट्रिट गार्डेन्समा नेपाली मेला आयोजना गरिने नेपाली दूतावास लन्डनले जनाएको छ । मेला बिहान १० देखि बेलुकी ६ बजेसम्म हुने छ ।
नेपाल प्रमोट, युवा पुस्ताबीच आपसी चिनजान र उनीहरुलाई नेपाली मौलिक कला संस्कृतिबारे जानकारी एवं नेपाली-स्कटिससँग नेटवर्किङ नै मेलाको प्रमुख उद्देश्य रहेको दूतावासले जनाएको छ ।
मेलामा खाना स्टल, हस्तकला लगायत नेपाली उत्पादनको शो केस, आआफ्नो समुदायको झांकी, पन्चेबाजासहित सांस्कृतिक प्रस्तुति, नेपाल चिनाउने सामग्री वितरण र परेड पनि गरिनेछ ।
यसैबीच एडिनवर्गको मेलास्थलमा दूतावासले राहदानी र कन्सुलर सेवा पनि दिने भएको छ । दूतावासले सूचना जारी गर्दै नेपाली मेला २०२५ को आयोजनास्थलमा राहदानी तथा कन्सुलर सेवा प्रदान गर्ने कार्यक्रमसमेत रहेको जानकारी गराएको हो । उक्त शिविरमा उपस्थित भई आफूलाई आवश्यक परेको सेवाबाट लाभान्वित हुन सबैमा दूतावासले आग्रह गरेको छ ।
कन्सुलर सेवा वेस्ट प्रिन्सेस स्ट्रिट गार्डेन्समा सोमबार २३ जून २०२५ मा दिउँसो ११ देखि साँझसमेम हुनेछ । राहदानी, अधिकृत वारेसनामा, कागजात प्रमाणीकरण, एकतर्फी यात्रा अनुमतिपत्र, पर्यटक भिसा, गैरआवासीय नेपाली परिचय पत्रको सेवा प्रदान गरिने छ ।
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा