
लन्डन । नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्च (ओएनएफ) यूकेको अध्यक्षमा पशुपति पोखरेल सर्वसम्मत चयन हुनु भएको छ ।
लेस्टरमा आइतबार १५ जून २०२५ मा सम्पन्न नवौं अधिवेशनले पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षहरुमा प्रतिमा जिसी, डा मुकुन्द बास्तोला, लिलामान शेरपुञ्जा पुन र सुदेशा बजगाईं, सचिवमा गंगा क्षेत्री, उपसचिवमा हरि आचार्य, श्याम लुईंटेल र दुर्गा बानियाँ चुनिनुभएको छ ।
सदस्हरुयमा शम्भुप्रसाद अर्याल, अर्जुन चापागाईं, तारानाथ भण्डारी, अर्कराज तिम्सिना, वीरकाजी गुरुङ, अञ्जु पाठक र प्रेम गुरुङ चयन हुनुभएको छ ।
अधिवेशनका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय कमिटी महासचिव शंकर पोखरेललगायतका नेताले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो । नवनिर्वाचित कमिटीका पदाधिकारीहरुलाई मञ्चको अन्तरराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले शपथग्रहण गराउनुभएको थियो ।

एमालेका केन्द्रीय महासचिव पोखरेल र नेपाली दूतावास लन्डनका राजदूत चन्द्रप्रसाद घिमिरेले एक समरोहबीच अधिवेशन उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहमा महासचिव पोखरेलले गैरआवासीय नेपालीहरुले संविधानले प्रदान गरेअनुरुपको नागरिकताको अधिकार प्राप्त गर्ने बताउनुभयो । उहाँले नीतिगत निर्णय भैसकेकाले व्यवहारिक रुपमा कानुनको अध्ययन गरेर चाँडै हल गर्ने जानकारी दिनुभयो ।
एमालेले नै नेपालको समृद्धिको नेतृत्व गर्ने महासचिव पोखरेलको दाबी थियो । ‘नेपाली जहाजलाई यूरोप उडान भर्न लगाएको बन्देजलाई न्यायपूर्ण नभएको अन्य अन्तर्राष्ट्रिय उडान भर्न दिएको बारेमा प्रश्न गर्न तपाईंहरुले गर्न सक्नु पर्छ,’ उहाँले भन्नुभयो । प्रवासमा नेपालीले गरेको दु:ख नेपालमा गर्ने हो भने नेपालमा धेरै सम्मान पाउनेले भएकाले आआफ्नो ठाउँमा काम गर्न उहाँले अनुरोध गर्नुभयो । त्यस्तै, प्रवासी नेपालीहरुले अन्तर्राष्ट्रिय समुदायलाई पयर्टन, उर्जा, कृषिमालगायतका क्षेत्रमा थप लगानीका लागि सहयोग गर्न आग्रह गर्नुपर्ने उहाँको सुझाव थियो । उहाँले एमाले नेतृत्वमाथि सांघातिक रुपमा गरिएको हमला, ओम्नी, गिरीबन्धुलगायतका बारेमा निष्पक्ष छानबिन गरे क्लीन चिट पाउने बताउनुभयो । महासचिव पोखरेलले युवापुस्ता नेतृत्वका रुपमा अघि आउनु पर्ने बताउनुभयो ।
बेलायतस्थित नेपाली राजदूत घिमिरेले पाँच महिने कार्यकाल बिताउँदै गर्दा बिट्रिस सोसाइटीसँग सम्पर्क बढाउने अभियानमा लागि रहेको बताउनुभयो । नेपाल सरकारले सुरु गरेको समृद्धिको एजेण्डालाई सफल बनाउन थप एकताको खाँचो रहेको उहाँको जोड थियो ।
ओएनएफ अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष संजय थापाले एनआरएनएको विवाद आपसी छलफलबाट समाधान खोज्नु पर्ने बताउनुभयो । राजनीतिक दलहरु र अदालतका ढोकामा पुग्न नहुनेमा उहाँले जोड दिनुभयो ।
ओएनएफ यूके इन्चार्ज सरस्वती केसीले समृद्ध नेपाली सुखी नेपालीको अभियानमा प्रवासबाट सहयोग गरिरहेको बताउनुभयो । अधिवेशनको सफलताको शुभकामना दिन जनसम्पर्क समिति बेलायतका अध्यक्ष युवराज सिंह पुग्नुभएको थियो । उहाँले भ्रष्टाचार नियन्त्रणमा महासचिव पोखरेको भूमिकाको अपेक्षा गर्नुभयो ।
जनप्रगतिशील मञ्च यूकेको नेता रण केसीले मिडल्याण्डको तर्फबाट सबैलाई धन्यवाट दिनुभयो । सिर्जनशील समाजका अध्यक्ष पुण्डरी अर्याल, एनआरएनए आईसीसी उपाध्यक्ष डा हेमराज शर्माले दोस्रो पुस्ताका लागि गैरआवासीय नेपाली नागरिकता सुनिश्चित गर्न एमाले नेतृत्वलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा उपस्थित मानुभावहरुलाई उपाध्यक्ष कृष्ण भण्डारीले स्वागत गर्नुभएको थियो । अर्का उपाध्यक्ष डा.मुकुन्द बास्तोलाले एमाले एकताबद्ध शक्तिका रुपमा रहेको जनाउनुभयो । अध्यक्ष तुंगभद्र भुसालले अधिवेशनमा उपस्थित सबैलाई शुभकामना तथा धन्यवाद दिनुभएको थियो ।
कार्यक्रमको बीचमा सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो । अधिवेशनमा भाग लिन स्कटल्याण्ड, वेल्स, नर्दन आयरल्याण्डसहित बेलायतभरबाट एमालेका नेता तथा कार्यकर्ताहरु उपस्थित भएका थिए ।
त्यस्तै, अभिवेशनमा भाग लिन नेपालबाट पोलिटब्युरो सदस्य सुजिता शाक्य, ओएनएफ अन्तर्राष्ट्रिय कमीटी सचिवालय सदस्य प्रभु थापा, युरोपबाट सन्तोष भट्टराईलगायतका ओएनएफ यूकेका पूर्वअध्यक्षहरु पदाधिकारीहरु, कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो ।


नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित