
लन्डन । बेलायत भ्रमणमा रहेका नेकपा एमाले महासचिव शंकर पोखरेलले लन्डन हाईगेटस्थित कार्ल मार्क्सको समाधिमा पुष्पगुच्छा अर्पण गर्नुभएको छ ।
महासचिव पोखरेलले शनिबार कार्ल मार्क्सको समाधिमा पुष्पगुच्छा अर्पण गर्नुभएको हो । उहाँ पार्टी निकट प्रवासी नेपाली मञ्च (ओएनएफ) यूकेका पदाधिकारी, पार्टी समर्थकसहित समाथि क्षेत्र पुग्नुभएको थियो ।
पुष्पगुच्छा अर्पणपछि महासचिव पोखरेलले मार्क्सवादलाई पुनर्जागृत गर्न लाग्ने प्रतिज्ञा समेत गर्नुभयो । ‘कम्युनिज्मका बारेमा जुन प्रकारका भ्रमहरु प्रचार गरिएका छन् । ती सधैंका लागि अन्त्य हुनेछन् भनेर म ठान्दछु,’ उहाँको भनाइ थियो, ‘नयाँ युगको नयाँ विचार धाराको रुपमा फेरि हामी मार्क्सवादलाई पुनर्जागृत गर्न सक्नेछौं । म उहाँको समाधिस्थलमा उभिएर यही प्रतिज्ञा गर्न चाहन्छु ।’
उहाँ ओएनएफ यूकेको नवौं अधिवेशन उद्घाटनका लागि पत्नी सुजिता शाक्यसहित बेलायत भ्रमणमा आउनु भएको हो । अधिवेशनमा एमाले यूरोप इन्चार्ज घनश्याम पाण्डे र प्रवासी नेपाली अन्तर्राष्ट्रिय मञ्चका अध्यक्ष संजय थापा र प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी सचिवालय सदस्य प्रभु थापासहितका नेताहरु अतिथिका रुपमा सहभागी हुनेछन् । ओएनएफ यूकेको अधिवेशन १५ जुन आइतबार बेलायतस्थित लेस्टरमा हुँदैछ । महाधिवेशनले आगामी तीन बर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्ने अध्यक्ष तुंगभद्र भुसालले जानकारी दिनुभयो ।
बेलायत भ्रमणका क्रममा महासचिव पोखरेलले यहाँका नेपाली समुदायसँगै विभिन्न कूटनीतिज्ञ सँग भेटवार्ता गर्ने कार्यक्रम छ । महासचिव पोखरेल असार ८ गते (२२ जून) मा स्वदेश फर्कने उहाँको सचिवालयले जनाएको छ ।
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा