
लन्डन । गोर्खा मिडिया यूकेका प्रबन्ध निर्देशक तथा फोटो पत्रकार मिलन तमु (मिलनध्वज गुरुङ) ‘प्राइड अफ रश्मूर कम्युनिटी अवार्ड’बाट सम्मानित हुनुभएको छ ।
फानबोरोस्थित भिलेज होटलमा १३ जून २०२५ मा आयोजित विशेष समारोहमा रस्मोर बोरो काउन्सिलका निवर्तमान मेयर तथा अवार्डका संस्थापक मारा माकुनुराले तमुलाई यो सम्मान प्रदान गर्नुभएको हो । पूर्वगोर्खासमेत रहेका तमुले बेलायतमा नेपाली कला, संस्कृति र सञ्चार क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।
अवार्ड ग्रहणपछि पत्रकार तमुले भन्नुभयो, ‘सरप्राइज्ड र प्राउड फिल भयो । नेपालीहरू पनि यो अवार्डमा सहभागी हुन पाउँदा अत्यन्तै गर्व लागेको छ ।’
सैनिक सेवामा रहँदै फोटोग्राफी सुरु गरेका तमु हाल गोर्खा मिडिया डटकम सञ्चालन गर्दै आउनुभएको छ, जहाँबाट उहाँ बेलायतस्थित नेपाली समुदायका समाचार र गतिविधिहरू उजागर गरिरहनुभएको छ ।
समारोहमा तमुसहित अल्डरसट ग्यारिसन,अल्डरसट टाउन एफसी, फान्बोरो सिक्स फर्म कलेज, फार्नबोरो एयरपोर्ट, फार्नबोरो कलेज अफ टेक्नोलोजी, फार्नबोरो एफसी, ग्रिट वेस्टर्न रेलवे, ह्याम्पसायर एन्ड फायर सर्भिस,ह्याम्पसायर काउन्टी काउन्सिल, रश्मूर सिटिजन्स एड्भाइस ब्युरो, रश्मूर्स नेबरहुड पोलिस, रोयल मेल, रश्मूर भोलुन्टरी सर्भिस, साउथ इस्ट कोस्ट एम्बुलेन्स सर्भिस र स्टेजकोचलाई पनि अवार्ड प्रदान गरिएको थियो ।
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा