
बेलायतमा बसोबासरत सेवानिवृत्त ब्रिटिस आर्मी एवं साहित्यकार विजय हितानद्वारा लिखित उपन्यास ‘लाहुरेको रेलिमाई’लाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार-२०७९ प्रदान गरिएको छ ।
काठमाडौंमा शुक्रबार एक समारोहबीच प्रसिद्ध साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले लेखक हितानलाई पुरस्कार हस्तान्तरण गर्नुभएको हो । पुरस्कार राशि २ लाख रुपैयाँ र सम्मानपत्र रहेको छ ।
गीतसंगीतमार्फत नेपाली जातित्वको जागरणमा लागेका मास्टर मित्रसेनको जीवनकथामा आधारित आख्यान लाहुरेको रेलिमाईले प्रथम विश्वयुद्धको विदारक एवं कारुणिक चित्रण प्रस्तुत गरेको छ । त्यससँगै उहाँको सङ्घर्षपूर्ण जीवन र उहाँ बाँचेको समाजका अनेक पाटाहरूलाई पनि यस उपन्यासले प्रभावशाली र प्रमाणिकरूपमा उद्घाटित गरेको छ ।
गैरआवासीय नेपाली संघको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समितिका संयोजक हिक्मत थापाले २४ डिसेम्बर २०२३ विज्ञप्ति जारी गर्दै २०७९ सालभरिमा प्रकाशित विविध विधाका नेपाली वाङ्मयका कृतिमध्ये हितानको उपन्यास लाहुरेको रेलिमाईलाई पुरस्कार प्रदान गर्ने निर्णय भएको जानकारी गराउनुभएको थियो । समितिले गैरआवासीय नेपाली साहित्यकारद्वारा लेखिएका नेपाली भाषाका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई हरेक वर्ष दुई लाख नगद राशि र सम्मानपत्रसहित अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ ।
पहिलो पटक २०७७ सालमा यो पुरस्कार हरि अधिकारीको संकलित गद्य रचनालाई प्रदान गरिएको थियो । त्यसैगरी २०७८ सालको पुरस्कार चेतनाथ आचार्यको उपन्यास रुइबालाई प्रदान गरिएको थियो ।
उक्त पुरस्कार नेपाली भाषा, साहित्य, कला र संस्कृतिको अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले प्रथम गैर आवासीय नेपाली राष्ट्रिय विभूति कलाकार अरनिको नाममा गैरआवासीय नेपाली संघ भाषा,साहित्य समितिले स्थापना गरेको हो । समिति अध्यक्ष हिक्मत थापाको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन कवि/मुक्तककार रमेश पौड्यालले गरेका थिए । कार्यक्रममा आख्यानकार नयनराज पाण्डे, पूर्वआईजीपी दुर्जकुमार राई, पूर्वजेनेरल बाबुकृष्ण कार्कीलगायतको उपस्थिति थियो ।
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा