
लन्डन । विश्वकप क्रिकेट लिग–२ मा बुधबार ४ मे २०२५ मा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको छ ।
आरिफ शेखले खेलको एकमात्र अर्धशतक बनाएपछि नेपालले स्कटल्यान्डमा नेदरल्यान्ड्सलाई स्तब्ध पार्दै लगातार दोस्रो जित निकालेको हो । नेदरल्याण्ड्सले दिएको २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । आरिफले ९९ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ७८ रन बनाए ।
दिपेन्द्रसिंह ऐरीले अविजित ३८ रन बनाए । कुशल भुर्तेलले २५ तथा कप्तान रोहित पौडेलले २३ रन बनाए । गुल्शन झाले विजयी छक्का प्रहार गर्दै ११ रनमा अविजित रहे । त्यसअघि आसिफ शेखले १९ र भीम सार्कीले ११ रन बनाए ।
६८-३ को अवस्थाबाट रोहितसँग मिलेर ५५ रनको साझेदारी गरेका आरिफले रोहित रनआउट भएपछि १२३ रनमा ४ विकेट गुमेको अवस्थाबाट दिपेन्द्रसिंह ऐरीसँग मिलेर ८९ रनको साझेदारी गर्दै नेपाललाई जितको संघारमा पुर्याएर आउट भएका थिए ।
नेदरल्याण्ड्सका माइकल लेभिटले २ विकेट तथा भिभियन किङमा र पल भान मिकेरनले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्स ४९.१ ओभरमा २२५ रनमा अलआउट भयो । मध्यक्रमका ब्याटर नोआह क्रोएसले सर्वाधिक ४८ रन बनाए भने कप्तान स्कट एड्वार्ड्सले ४६ रन बनाए । विक्रमजित सिंहले ३८ रन बनाए । रोलफ भान डर मर्वेले २१ रन बनाए । सुरुवाती १६ रन जोड्दा २ विकेट गुमाएको नेदरल्याण्ड्सका लागि सिंह र एडवार्ड्स मिलेर तेस्रो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए । त्यसपछि १६६-७ को अवस्थाबाट क्रोएस र रोलफ भान डर मर्वेले मिलेर अर्धशतकीय साझेदारी गरे ।
नेपालका लागि सोमपाल कामीले ९.१ ओभरमा ४८ रन दिएर ३ विकेट लिए । करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले २-२ विकेट लिए । नेपालले सोमबार भएको पहिलो खेलमा स्कटल्याण्डलाई हराएको थियो । अब नेपालले जुन ८ मा स्कटल्याण्डसँग खेल्नेछ ।
नेपाल १० अंकका साथ सातौं स्थानमा छ । नेदरल्यान्ड्स २० खेलमा २६ अंकका साथ दोस्रो स्थानमा छ र टोली शीर्ष स्थानमा रहेको अमेरिकाभन्दा २ अंकले मात्र पछाडि छ । आठ राष्ट्र सहभागी लिग–२ का शीर्ष चार टोली विश्वकप छनोटमा पुग्ने छन् ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा