
काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले नेपाल पत्रकार महासंघ संस्थापक विषय तीन महिनाभित्र टुंगो लगाउन आग्रह गरेको छ ।
फोनिज पदाधिकारी तथा सदस्यहरुले सोमबार महासंघको केन्द्रीय कार्यालयमा पत्रकार महासंघका पदाधिकारीहरुसँग छलफल गरी महासंघको संस्थापक विषयलाई चाँडो टुङ्गो लगाउन पुनः माग राखेको फोनिजका महासचिव समीर बलामीले जानकारी दिनुभयो । उहाँका अनुसार फोनिजले महासंघका अध्यक्ष तथा पदाधिकारीहरुलाई संस्थापकको विषयलाई तीन महिनाभित्र टुङ्गो लगाउन आग्रह गर्दै ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा महासंघको २७ औं महाधिवेशनको बन्दसत्रले गरेको निर्णयअनुसार भित्रुवन विश्वविद्यालयको आमसञ्चार तथा पत्रकारिता विभाग र इतिहास विभागका पदाधिकारीहरु सम्मिलित अध्ययन कार्यदल बनाएर संस्थापक विषय टुङ्ग्याउन आग्रह गरिएको महासचिव बलामीले बताउनुभयो । फोनिजले तत्कालीन नेपाल पत्रकार संघको तदर्थ समिति गठन वि.सं. २००८ वैशाख ९ गतेको भेलाले गरेको र वि.सं. २००९ वैशाख २८ गतेको अर्को भेलाले सो समितिलाई विस्तार गरी तत्कालीन नेपाल टुडेका सम्पादक सत्यनारायणबहादुर श्रेष्ठलाई सभापतिको जिम्मेवारी दिएकाले सोहीअनुसार सम्बोधन गरिनुपर्ने माग गर्दैआएको छ । वि.सं. २०१२ चैत १६ गते पुनर्गठन गरिएको समितिलाई संस्थापक मान्ने आधार नरहेको फोनजिको अडान रहेको बलामीको भनाइ छ ।
सो अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले फोनिजले गराएको ध्यानाकर्षणअनुसार सो विषयलाई केन्द्रीय समिति बैठकमा छलफल गरी अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । फोनिजको सुझाव, अग्रज पत्रकारहरको सल्लाह र परामर्शबमोजिम सो विषयलाई टुङ्गो लगाइने उहाँले बताउनुभयो । महासंघका पूर्व अध्यक्षहरुसँग पनि सो विषयमा आवश्यक सल्लाह गरी अघि बढ्ने उहाँको भनाइ छ ।
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष लक्की चौधरीले महासंघको संस्थापक विषयलाई टुङ्गो लगाउन ढिलाइ गर्न नहुने बताउनुभयो । महासंघको ऐतिहासिक विरासतलाई न्याय हुनेगरी टुङ्गो लगाउन आवश्यक रहेको भन्दै २००८ साललाई आधार मान्दा महासंघको इतिहासमा चार वर्ष थप हुने बताउनुभयो ।
वि.सं. २००८ सालमा गठन भएको तत्कालीन नेपाल पत्रकार संघ र २०१२ सालमा पुनर्गठन भएको संघको दुवै समिति तदर्थ समिति भएकाले तदर्थ समितिलाई संस्थापक मान्दा सुरुको समितिलाई मान्न आवश्यक रहेको बताउनुभयो । दर्ता भएको समितिलाई संस्थापक मान्दा दुवै समितिलाई न्याय हुनेगरी महासंघको विधानमा अविछिन्नता कायम गर्न उहाँले सुझाव दिनुभयो । महासंघको संस्थापक विषयलाई टुङ्गो लगाउने अभियानमा फोनिजले सबै किसिमको सहयोग गर्न तयार रहेको भन्दै उहाँले नयाँ कार्य समितिलाई सो विषयमा पहल लिन आग्रह गर्नुभयो । तत्कालीन संघलाई वि.सं. २०१८ सालको कार्य समितिले दर्ता गरेको थियो । तत्कालीन संघ २०५३ सालमा आएर महासंघ बनेको थियो ।
सो अवसरमा महासंघका अध्यक्षसहित पदाधिकारीमा महासचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष रामकृष्ण अधिकारी, सचिव तथा सदस्यहरुको सहभागिता थियो । त्यसैगरी फोनिजको तर्फबाट अध्यक्षसहित उपाध्यक्ष अन्जना शिल्पकार, महासचिव बलामी, सचिव सुनिल महर्जन, कोषाध्यक्ष अर्जुनबहादुर तामाङ र सदस्यहरु, नेवाः राष्ट्रिय दबुका अध्यक्षसहित पदाधिकारी र सदस्यहरुको सहभातिगा थियो ।
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित