
काठमाडौँ । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जबाट सफाइ पाउनुभएका नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलम बुधबार साँझ रिहा हुनुभएको छ ।
नक्खु कारागारमा रहनुभएका उहाँलाई परिवारको जिम्मा लगाएर रिहा गरिएको कारागारका जेलर भीमराज कोइरालाले जानकारी दिनुभयो । यसअघि आलममाथि जिल्ला अदालत रौतहटले राजपुर बम काण्ड तथा त्यसपछि भएको व्यक्ति हत्यामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो ।
जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालतले आजै आलमलाई सफाइ दिएको अदालतका रजिष्टार दीपक भण्डारीले जानकारी दिनुभयो ।
उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनको आजको संयुक्त इजलासले विष्फोटक पदार्थ बमको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरसँग सम्बन्धित यसअघि जिल्ला अदालत रौतहटले गरेको फैसला उल्ट्याउँदै सफाइ दिएको हो ।
पूर्वसांसद आलमले २०६४ सालको संविधानसभाको निर्वाचनको अघिल्लो दिन रौतहटको राजपुरस्थित बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटा भट्टामा हालेर हत्या गरेको आरोप लागेको थियो । सो मुद्दा पुनरावेदनका लागि उच्च अदालतमा गत २०८१ असार २७ गते दर्ता भएको थियो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते