
काठमाडौँ । नेपाल–बेलायत संसदीय मैत्री समूहको पहिलो बैठक सम्पन्न भएको छ । बैठकको संयोजन प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठले गर्नुभएको थियो । संयोजक श्रेष्ठले नेपाल र बेलायतबीचको दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यसहित संसदीय मैत्री समूहलाई थप सक्रिय र प्रभावकारी बनाउने निर्णय भएको जानकारी दिनुभयो ।
बैठकमा समूहका सदस्य सांसदहरूबीच नेपाल–बेलायत सम्बन्धका विविध आयामहरूबारे छलफल भएको थियो । संयोजक श्रेष्ठले समूहले आगामी दिनमा दुवै देशका सांसदहरूबीच नियमित संवाद, अनुभव आदानप्रदान र आपसी समझदारी अभिवृद्धि गर्ने कार्यक्रमलाई प्राथमिकता दिने जानकारी दिनुभयो ।
बैठकमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप गहिरो बनाउँदै संसदीय कूटनीतिलाई संस्थागत र सशक्त बनाउन अग्रसर हुने प्रतिबद्धता व्यक्त गरिएको छ । नेपाल–बेलायत संसदीय मैत्री समूहले आगामी दिनमा दुवै देशका हितमा काम गर्ने रणनीतिसहित योजनाबद्ध गतिविधि सञ्चालन गर्ने तयारी गरेको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते