
लन्डन । तमुधीं यूकेले आयोजना गरेको २३ औं गोर्खाकप नेपाली ड्रिम टिमले जितेको छ ।
अल्डरसटस्थित क्वीन्स एभिन्यू स्पोर्ट्स फिल्डमा आइतबार २५ मे २०२५ मा भएको फुटबल प्रतियोगितामा मेन क्याटगोरीतर्फ गुरुजी इलाइट टिमलाई पराजित गर्दै ड्रिम टिमले उपाधिमाथि कब्जा जमाएको हो । विजेता ड्रिम टिमले ३ हजार पाउन्ड, ट्रफी र प्रमाणपत्र र रनरअप गुरुजी इलाइट टिमले १८ सय पाउन्ड, ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।
उक्त विधामा प्लेयर अफ दि म्याच ड्रिम टिमकै ईश्वर गुरुङ घोषित भए भने टप स्कोरर गुरुजी इलाइटका रोबेल नाल्बो घोषित भए । बेस्ट म्यानेजर ड्रिम टिमका शक्थिम चेम्जोङ घोषित भएका छन् ।
विजेता, उपविजेता टिमलाई बेलायतका लागि नेपाली राजदूत चन्द्रप्रसाद घिमिरे, नेपाली राष्ट्रिय फुटबल महिला टिमका सावित्रा भण्डारी ‘साम्बा’, तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङलगायतले पुरस्कार प्रदान गरे ।
भेट्रान क्याटेगोरीतर्फ
भेट्रान टिमको विजेता हिमालयन एफसी र रनरअप इन्टेक २००० बने । भेट्रानको विजेताले १५ सय पाउन्ड र उपविजेताले १ हजार पाउन्ड पुरस्कार, प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन् ।
टप स्कोररमा हिमालयन एफसीका डा.सन्दिप गुरुङ घोषित भए भने सोही टिमबाट प्लेयर अफ दि म्याच खुम गुरुङ घोषित भएका छन् । भेट्रानतर्फको वेस्ट म्यानेजर हिमालयन एफसीका कुमार थापा बने । उनीहरुले पनि नगदसहित विभिन्न पुरस्कार पाए ।

महिला क्याटेगोरीतर्फ
महिला क्याटेगोरीमा रन्डरबोल्ट एफसी विजेता बनेका छन् भने तामाङ समाज युके रनरअप बनेका छन् । विजेता र उपविजेताले क्रमश: ६ सय र ४ सय पाउन्ड पुरस्कार, प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन् । महिलातर्फका प्लेयर अफ दि म्याच फातिमा राई घोषित भइन् । उनले नगद, प्रमाणपत्रसहितका पुरस्कार पाइन् ।

फुटबल लेजेन्ट अफ गोर्खा कप लोकप्रसाद चेम्जोङलाई
यसैगरी फुटबल लेजेन्ट अफ गोर्खा कप यस वर्ष लोकप्रसाद चेम्जोङ (धनकुटे)लाई प्रदान गरिएको छ । उनले गोर्खा कपमा १३ चोटी खेलेका छन् । तीनचोटी रनरअप बनेका थिए । उनले हङकङमा पनि खेलेका छन् ।
खेलकुद प्रतियोगिताका विजेता, उपविजेता टिम र खेलाडीहरुलाई रस्मुर बरो काउन्सिलका मेयर, बेलायती संसद्की सांसद एलेक्स बेकर, तमुधीं यूके अध्यक्ष जुमकाजी गुरुङ, आमा समूह अध्यक्ष कमलादेवी गुरुङ, नेपाली राष्ट्रिय महिला फुटलबर ‘साम्बा’, अल्डरसट टाउन एफसीका अध्यक्ष साहिद आजिम,गिनिज बुक होल्डर साजन डंगोल, विभिन्न पुरस्कार प्रायोजकहरुले पुरस्कार प्रदान गरे ।
यस वर्ष गोर्खा कपमा मेनतर्फ ३२, भेटेरानतर्फ १६ र महिलातर्फ २ टिम गरी ५० टिम सहभागी थिए ।
तमुधीं यूकेका खेलुकद सचिव क्याप्टेन दिपक घले संयोजक रहेको प्रतियोगिताको अवसरमा सांस्कृतिक नृत्य, झाँकी, व्यापारिक स्टललगायत आकर्षण थियो ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान