
लन्डन । भारतीय लेखिका, वकील र अभियानकर्मी बानु मुश्ताकले मङ्गलबार आफ्नो लघुकथा सङ्ग्रह ‘हार्ट ल्याम्प’ का लागि अन्तर्राष्ट्रिय बुकर पुरस्कार जित्नुभएको छ । ७७ वर्षीया मुश्ताक कन्नड भाषाको साहित्यबाट अनुवादित कथा साहित्यका लागि यो प्रतिष्ठित साहित्यिक पुरस्कार प्राप्त गर्ने पहिलो लेखिका हुनुहुन्छ ।
“यो क्षण हजारौँ जुनकीरीले एउटै आकाश उज्यालो पारेको जस्तो लाग्छ – छोटो, चम्किलो र पूर्णतया सामूहिक”, मुश्ताकले लन्डनको टेट मोडर्न ग्यालरीमा आयोजित एक समारोहमा भन्नुभयो, “म यो महान सम्मानलाई एक व्यक्तिका रूपमा नभई अरू धेरैसँग मिलेर उठाइएको आवाजका रूपमा स्वीकार गर्दछु ।” मुश्ताकले ५० हजार पाउन्ड (६७ हजार डलर) को पुरस्कार उहाँको अनुवादक दीपा भस्तीसँग बाँड्नुहुनेछ । भस्तीले कथाहरू छनोट गर्न सहयोग गर्नुभएको थियो ।
‘हार्ट ल्याम्प’ मा सन् १९९० देखि सन् २०२३ बीच मूल रूपमा प्रकाशित १२ कथा सङ्कलित छन् । यी कथाले महिला र केटीहरूको अनुभवहरूमा ध्यान केन्द्रित गर्दै दक्षिण भारतका मुस्लिम समुदायहरूको दैनिक जीवनलाई चित्रण गर्छन् । समालोचकहरूले यस सङ्ग्रहको सुक्खा र मधुर हास्य, यसको चतुर, बोलचालको शैली र पितृसत्ता, जातिवाद र धार्मिक रूढिवादमाथि गरिएको तीव्र टिप्पणीका लागि प्रशंसा गरेका छन् ।
दक्षिण पश्चिम भारतको कर्नाटक राज्यमा बस्नुहुने मुश्ताक महिला अधिकारमा वकालत गर्ने र भेदभावको सामना गर्ने कानूनी कार्यका लागि परिचित हुनुहुन्छ । निर्णायक मण्डलले जोशिला हजुरआमादेखि लिएर अल्मलिएका धार्मिक पण्डितहरूसम्मका उहाँका पात्रहरूलाई ‘अस्तित्व र लचिलोपनको आश्चर्यजनक चित्रण’ भनेर सम्मान गरेको छ ।
“मेरा कथाहरू महिलाहरूको बारेमा छन् – कसरी धर्म, समाज र राजनीतिले उनीहरूबाट निर्विवाद आज्ञाकारिताको माग गर्छ र त्यसो गर्दा उनीहरूलाई अमानवीय क्रूरता दिन्छ, उनीहरूलाई केवल अधीनस्थहरूमा परिणत गर्दछ”, उहाँले भन्नुभयो ।
निर्णायक समितिका अध्यक्ष म्याक्स पोर्टरले ‘हार्ट ल्याम्प’ लाई ‘अङ्ग्रेजी पाठकहरूका लागि वास्तवमै नयाँ कुरा’ भनेर सराहना गर्नुभयो । “एउटा मौलिक अनुवाद जसले अङ्ग्रेजीको बहुलतामा नयाँ बनावटहरू सिर्जना गर्न भाषालाई हल्लाउँछ । यसले अनुवादको हाम्रो बुझाइलाई चुनौती दिन्छ र विस्तार गर्दछ”, उहाँले भन्नुभयो ।
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
दक्षिण अस्ट्रेलियाको संसदमा दशैं-तिहार विशेष समारोह
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ