
Lताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपाली, बेलायतीसहित १० जना पर्वतारोहीले आरोहण गरेका छन् । आठ हजार ५८६ मिटर उचाइको यो शिखर चुम्नेमा पाँचजना अन्तरराष्ट्रिय पर्वतारोही तथा पाँचजना नेपाली छन् ।
आरोहण गर्नेहरूमा कोसोभोकी फ्लुतुरा इब्राहिमी, बेलायती नागरिक एड्रियन माइकल हेस, इरानका अलिरेजा बेहपुर र सेयदमिदरजा हाशेमी तथा संयुक्त अरब इमिरेट्सका सइद अल्मेमारी रहेका छन् ।
यसैगरी, नेपाली शेर्पाहरू ल्हाक्पातेम्बा शेर्पा, ङिमादोर्ची शेर्पा, फुरसोना शेर्पा, ग्यालु शेर्पा र छाङ्वा शेर्पाले पनि सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागार्इंले जानकारी दिनुभयो । आरोही सबै जना सेभेन समिट ट्रेक्सबाट गएका थिए । उहाँका अनुसार शनिबार दिउँसो टोलीले शिखर मार्ग सुरक्षित गर्दै सफलतापूर्वक आरोहण सम्पन्न गरेको हो ।
टोलीले शुक्रबार साँझ शिविर ४ बाट शिखरतर्फको अन्तिम यात्रा सुरु गरेको थियो । अन्तिम खण्डमा करिब ३५० मिटरभन्दा बढी डोरी फिक्स गर्दै टोलीले चुचुरो पुग्ने मार्ग तय गरेको थियो । यसअघि एलिट एक्सपेडको आठ सदस्यीय फिक्सिङ टोलीले आधार शिविरदेखि करिब आठ हजार ४०० मिटर उचाइसम्मको मार्गमा डोरी फिक्स गर्दै शिखर मार्ग सुरक्षाको जिम्मेवारी पूरा गरेको थियो । सोही तयारीपछि मुख्य आरोहण टोलीले अन्तिम प्रयासमार्फत कञ्चनजङ्घाको चुचुरोमा पाइला टेक्न सफल भएको हो ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा