
लन्डन । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले १६औं अभिव्यक्ति शृङ्खलाका लागि कवि देवेन्द्र खेरेसलाई मञ्च प्रदान गर्ने भएको छ । संस्थाका अध्यक्ष टंक वनेमको अध्यक्षतामा बसेको बैठकले खेरेसलाई मञ्च प्रदान गर्ने निर्णय गरेको हो । यसवर्षको अभिव्यक्ति शृङ्खला आगामी ७ जुन २०२५ मा आशफोर्ड, केन्टमा आयोजना गर्ने संस्थाले जनाएको छ ।
पचासको दशकबाट कविता लेख्न सुरू गरेका खेरेसका दई कृतिहरू रूङ्रीको बयान र नदी किनारा (कवितासङ्ग्रह २०६५) र कोलम्बस यात्रा (कवितासङ्ग्रह २०७५) प्रकाशित छन् । कवि देवेन्द्र खेरेस हङकङ डायोस्पोराबाट नेपाली कविता साहित्यमा उदाएका एक सशक्त कवि हुनुहुन्छ । नेपाली कविता लेखनमा अलग पहिचानको मान्यता राख्ने उहाँका कविताहरू काव्यिक इतिहासको एउटा महत्वपूर्ण खुराक बन्न सक्दछ । कवितामा नोस्टाल्जिक प्रेम, युगौँ देखिको आदिवासी पीडा र अस्तित्वको खोज र अन्वेषण भेटिन्छन् । प्रवासबाट आफ्नो जन्मभूमिलाई समर्पित कवितामा यन्त्रवत जीवनका भोगाइहरू छटपटिएका छन् । थोरै कविता लेखेर पनि परम्परालाई तोड्न सकिन्छ र नयाँ परम्पारको थालनी गर्न सकिन्छ भन्ने सबूत प्रमाणका रूपमा कवि खेरेसका कविताहरू बुझ्न सकिन्छ । कवितामा नेपालको पुरातनपन्थी सोचसँग विमती राख्छन् आक्रोशको ज्वारभाटा उकेल्छन् । कवि आफ्ना कविताहरूमा क्रमभङ्गताको पक्षमा उभिनुभएको छ ।
उहाँका कवितामा नवीन चिन्तन, नवीन शैली र नवीन विद्रोह भेट्न सकिन्छ । कविता सवै विषयवस्तुमा उहाँले धेरै ठाउँ आफू जन्मेको भूगोल छोडेर डायोस्पोरामा हुनुको पीडालाई महत्वका साथ उठाउनुभएको छ । समयअनुसार नयाँ चेतनाको विकासको वरण आजको मान्छेले गर्नुपर्ने तथ्यलाई अघि सार्नुभएको छ । उहाँका कवितामा मिथक, बिम्व, प्रतीक र भाषाको समेत सुन्दर संयोजन भएको पाइन्छ । कवि खेरेसको एकल प्रस्तुतिमा डेढदर्जन नयाँ तथा पुराना सृजनाहरू प्रस्तुत गर्नुहुनेछ ।
कार्यक्रममा संस्थाद्धारा प्रकाशित वरिष्ठ कवि तथा मुन्धुम अन्वेषक बैरागी काइँलाको सामाजिक तथा सृजनात्मक आयामको बारेमा लेखिएको कृति ‘बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ’ प्रमुख अतिथि बेलायतका लागी नेपाली राजदूत चन्द्रकुमार घिमिरेबाट लोकार्पण गरिने भएको छ । उक्त कृतिमा विभिन्न कवि, लेखक तथा प्राज्ञहरूको गहन लेखहरू समावेश गरिएको छ ।
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतलले स्थापनाकालदेखि बेलायतमा प्रत्येक वर्ष अभिव्याक्ति शृङ्खलाको आयोजना गरेर एकजना स्रस्टालाई मञ्च प्रदान गरेर स्रस्टाको सृजनाहरू प्रसतुत गर्दै आइरहेको छ । सन् २००८ सालमा गायक तथा संगीतकार चोक गुरूङलाई मञ्च प्रदान गरी अभिव्यक्ति शृङ्खलाको सुरू गरिएको थियो । सन् २००९ सालमा कवि तथा निबन्धकार दयाकृष्ण राई । सन् २०१० सालमा कवि तथा कथाकार टंक वनेम । सन् २०११ सालमा संगीतज्ञ किसोर गुरूङ । सन् २०१२ सालमा कवि तथा गजलकार अञ्जु अञ्जली । सन् २०१३ सालमा गायक नोर्देन तेन्जीङ भूटीया । सन् २०१४ सालमा कवि तथा नाट्यकर्मी शशी थापा सुव्बा । सन् २०१५ सालमा कवि तथा कथाकार रक्ष राई र सन् २०१६ सालमा कवि तथा गीतकार निर्मला परिवेश राई । सन् २०१७ सालमा कवि डा. रूपक श्रेष्ठलाई मञ्च प्रदान गरिएको थियो ।
सन् २०१८ सालमा साहित्यकार गणेश राई, सन् २०१९ सालमा साहित्यकार जानु काम्बाङलाई अभिव्यक्ति शृङ्खलाको मञ्च प्रदान गरिएको थियो । सन् २०२० सालमा कोभिडको कारण कुनै पनि सार्वजनिक कार्यक्रमहरू हुन सकेन । सन् २०२१ सालमा भर्चुवल मार्फत कवि कोमल मल्ललाई मञ्च प्रदान गरिएको थियो । यसैगरी सन् २०२३ सालमा गायक धन किरण गुरूङ सन् २०२४ सालमा गायक तथा साहित्यकार नरेश नातिलाई मञ्च प्रदान गरिएको थियो ।
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस