
काठमाडौं । नेपालका लागि बेलायती राजदूत रब फेनले नेपालको हिमाली क्षेत्रका सरोकारहरूलाई विश्वसामु पुर्याउने पहलस्वरूप आगामी सगरमाथा संवादमा बेलायती वातावरणमन्त्रीलाई सहभागी गराउने प्रयास भइरहेको बताउनुभएको छ । कञ्चनजंगा हिमाल आरोहणको ७० औं वार्षिकोत्सव मनाउने क्रममा दूतावासले शुक्रबार आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले सगरमाथा संवादमा बेलायतबाट वातावरणमन्त्रीलाई नेपाल ल्याउने तयारी रहेको बताउनुभएको हो ।
‘हामी यस कार्यक्रमका लागि बेलायतबाट वातावरणमन्त्रीलाई यहाँ ल्याउने तयारीमा छौं,’ उहाँले भन्नुभयो, ‘उहाँ यहाँ आएपछि उहाँमार्फत के पहल गर्ने भन्नेबारे अहिले छलफल भइरहेको छ ।’ सगरमाथा संवादको मिति नजिकिँदै गर्दा बेलायत र नेपालबीच जलवायु, जैविक विविधता संरक्षण र दिगो हिमाली व्यवस्थापनका सवालमा सहकार्य गहिरिँदै गएको फेनको भनाइ थियो ।
सरकारले २०२५ मे १६ देखि १८ सम्म काठमाडौँमा सगरमाथा संवाद आयोजना गर्न लागेको छ । यसमा सहभागी हुन नेपाल पर्यटन बोर्डले पनि विश्व नेतृत्व र विज्ञहरूलाई अनुरोध गरेको छ ।
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
अस्ट्रियाकी मानवशास्त्रीको पुस्तक ‘तामाङ पोर्ट्रेट्स’ सार्वजनिक
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
फिलिपिन्समा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो, १७ अझै बेपत्ता
नेपालमा मन्त्रिपरिषद् विस्तार : सुधन गुरुङ गृह र महावीर पुन नवप्रवर्तनमन्त्रीमा नियुक्त
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
विमल गुरुङ कृति पुरस्कारका लागि कृति आह्वान