
लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले एकता महाधिवेशन काठमाडौँमा तोकिएकै समयमा हुने भन्दै सम्पूर्ण तयारी भइसकेको जनाएको छ ।
समितिकी सदस्यसचिव जानकी गुरुङले बुधबार प्रेस विज्ञप्ति जारी गर्नुहुँदै एकता महाधिवेशन काठमाडौँमा तोकिएको समयमै हुने र सम्पूर्ण तयारी पनि पूरा भइसकेकाले कुनै पनि भ्रममा नपरी नेपाल आएर महाधिवेशन सफल बनाउनका लागि सम्पूर्ण प्रतिनिधि (डेलिगेट)हरुमा अपिलसमेत गर्नुभएको छ । महाधिवेशनका लागि ३ हजारभन्दा बढी डेलिगेट्स बन्नका लागि आवेदन परेको जनाउँदै उहाँले त्यसको प्रमाणीकरणको काम भइरहेको बताउनुभयो ।
‘उच्चस्तरीय समितिले अहिले डेलिगेट्सको आवेदन लिने काम बन्द गरिसकेको छ । निर्धारित समयभित्रै ३ हजार १८१ जनाले डेलिगेट्स बन्नका लागि आवेदन दिनुभएको र त्यसलाई प्रमाणीकरण गर्ने काम भइरहेको पनि जानकारी गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन समितिले पनि आफ्नो काम सुरु गरिसकेको छ भने डेलिगेट्सहरु एकताको महाधिवेशनमा भाग लिनका लागि काठमाडौं आउने क्रम सुरु भइसकेको छ । यस्तो अवस्थामा केही पक्षबाट भ्रम सिर्जना गर्ने कामहरु भइरहेको पाइएकाले त्यस्तो भ्रममा नपर्न हामी हार्दिक अनुरोध गर्दछौं ।’
एनआरएनएको यही मे ३-५, २०२५ मा काठमाडौँमा ऐतिहासिक एकता महाधिवेशन तय गरिएको छ । सर्वोच्च अदालतको २०८१ चैत २१ गतेको फैसलाअनुसार गठित उच्चस्तरीय समितिले महाधिवेशनको तयारी अन्तिम चरणमा पुऱ्याएका बेला सर्वोच्च अदालतमा रिट दायर गरिएको विषयलाई लिएर बाहिर सार्वजनिक भएका कुराहरुमा सत्यता नभएको समेत समितिले स्पष्ट पारेको छ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि