अर्घाखाँची । जिल्लाको भुवनपाटामा बुधबार साँझ भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ । मृतक तीन जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा रुपन्देहीको बुटवल उपमहाननगरपालिका–८ बस्ने ५५ वर्षीया जमुना वस्याल, नवलपरासीको पश्चिम भुमही बस्ने ४५ वर्षीया उमा न्यौपाने, निजको ६५ वर्षीया सासु (नामथर नखुलेकी) र पश्चिम बर्दघाट बस्ने ४५ वर्षीय बस चालक मदनकुमार विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बस चालक विकको उद्धार गरी अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।
यसअघि १५ जना घाइतेको उद्धार गरिएकामा प्रहरीले घटनास्थलबाट थप १२ जनाको उद्धार गरेको जनाउँदै प्रहरी निरीक्षक पौडेलले घाइतेको सङ्ख्या २७ पुगेको बताउनुभयो । उहाँका अनुसार घाइतेमध्ये छ जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ भने अन्यको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको छ ।
गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डमा सुपा मन्दिर दर्शन गरी नवलपरासीका लागि फिर्ता हुँदै गरेको लु २ ख ३०३ नं को बस बस अचानक अनियन्त्रित भई शितगङ्गा नगरपालिका–२ सितापुरको भुवनपाटामा सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक पौडेलका अनुसार चालक विकको उद्धार गरी अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश