
लन्डन । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका अध्यक्ष डा.शेष घले बेलायत आइपुग्नुभएको छ ।
अस्ट्रेलिया निवासी धनाढ्य घले शनिबार बिहान लन्डनको हिथ्रो विमानस्थल उत्रिनु भएको हो । उहाँलाई एनआरएनए यूकेका संरक्षक, निर्वाचन समिति, पदाधिकारी, तमुधीं यूकेलगायतले विमानस्थलमा स्वागत गरेका थिए ।
युरोप भ्रमणमा रहेका व्यवसायी घले आइतबार हुने एनआरएनए यूकेको एकता महाधिवेशनमा प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुनेछ । घलेले विभिन्न देशका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) पदाधिकारी तथा एनआरएन अभियन्ताहरूसँग प्रत्यक्ष छलफल गर्ने क्रममा बेलायत आइपुग्नुभएको हो ।
मे ३–५, २०२५ का लागि तय भएको एनआरएनएको महाधिवेशनका लागि अन्तर्राष्ट्रियस्तरमा छलफल तथा अन्तरक्रियालाई प्रभावकारी बनाउन विश्वका विभिन्न देशमा रहेका एनआरएन अभियन्ताहरूसँग घलेले भेटघाट तथा अन्तरक्रियामा हुनुहुन्छ ।
उहाँ मार्च २४ मा बेल्जियम, मार्च २५ मा पोर्चुगल र मार्च २७ मा कतार पुग्ने कार्यक्रम छ ।
नेपालको समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक, को को छन् ?
नेपालकी स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूत फेनको शिष्टाचार भेट
पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा नेपाल सरकारको निगरानीः विवरण बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन
अवैध सुकुटी बिक्री गरेकोमा बेलायत अल्डरसटको ‘भिन्तुना’ रेस्टुरेन्ट दोषी
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने