
काठमाडौं । पहिचान पुरस्कार कोषले २०८०/८१ सालको पहिचान पुरस्कार राजु स्याङ्तानको कवितासङ्ग्रह ‘ओ पेङ्दोर्जे’लाई प्रदान गरेको छ ।
नेपालकै सबैभन्दा धेरै धनराशिको उक्त पुरस्कार भोजपुरको चखियामा मंगलबार’पहिचान पुरस्कार समर्पण समारोह’ आयोजना गरी प्रदान गरिएको हो । पुरस्कृत कवि स्याङ्तान छोराको उपचारका लागि भारतमा रहेकाले उहाँको प्रतिनिधित्व गर्दै कवि/प्राज्ञ चन्द रानाहोंछालाई प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य एवं मातृभाषा विभाग प्रमुख लेखक/कवि राजन मुकारुङ पुरस्कार हस्तान्तरण गर्नुभयो । पुरस्कारको राशि ४ लाख २ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ ।
साहित्यकार सुमित्रा बाङ्देल ‘चेली’ र कवि/साहित्यकार कविता राईले पुरस्कृत कविता र कविको व्यक्तित्वबारे टिप्पणी गर्नुभएको थियो । उत्कृष्ट आठ पुस्तकमध्येबाट उक्त कृतिलाई पुरस्कार दिने निर्णय कोष गरेको थियो । उक्त कवितासंग्रहले गोर्खा राज्य विस्तार हुनुअघि र गोर्खा राज्य विस्तार भएपछि आफ्नो पहिचानको लागि रगत पसिना साथै जीवन आहुती दिने तामाङ जाति र अन्य भूइँमान्छेहरुले खेपेको शोषणको बारेमा बताएको कोषका संस्थापक युद्धकवि नरेश काङमाङ राईले उल्लेख गर्नुभएको छ । स्याङ्तानका कविताले आफ्नो पहिचान रक्षार्थ आन्दोलन, विद्रोह बोलेका छन् । विशेषतः तामाङ जातिको आदिवासी सौन्दर्य जगेर्ना गर्न सफल भएको छ । सांस्कृतिक जागरणको आह्वान गर्दै आफ्नो पहिचान रक्षाका लागि आवाज बुलन्द गरिएका छन् ।
कार्यक्रमको समापनपश्चात् विभिन्न स्थानबाट भेला भएका कविहरुले कविता वाचन गर्नुभएको थियो ।
छनोटको अन्तिम ८ कृतिको सूचीमा स्याङ्तानको ‘ओ पेङ्दोर्जे’ सहित गिलु रातोसको ‘सिलिदुङ’, विश्व कुइँकेलको ‘गोपिचा’, मिथोचको ‘आगोको पिदार’, प्रवीण खालिङको ‘चिया गफ’, अभागी थेगुवाको ‘सपनाहरूको बही’, श्याम सामसोहाङ राईको ‘मुन्दुम ट्रेल’ र निर्भीकजङ्ग रायमाझीको ‘त्यसरी त कहिल्यै सोचिएन’ अन्तिम सूचीमा परेका थिए ।




फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि