
काठमाडौं । बेलायत निवासी ‘युद्ध कवि’ काङमाङ नरेश राईले आइतबार धनकुटामा एकल कविता वाचन गर्नुभयो । आफूलाई युद्ध कविका रुपमा चिनाउँदै आएका राईले एक घण्टा करिब डेढ दर्जन कविता वाचन गर्नुभयो ।
भोजपुरको टेम्के मैयुङ गाउँपालिकाका कवि राईले आफू बेलायती सैनिक छँदाका भोगाइ, लाहुरेका कथा व्यथा तथा मुन्धुम भावका कविता सुनाउनुभएको थियो ।

२०४५ सालदेखि कविता लेखनयात्रा थालनी गर्नुभएका राईका १५ भन्दा बढी कृति तथा सम्पादन गरिएका पुस्तक छन् ।
पहिलो कविता ‘एघारौं सम्झनामा बाँचेको म’, ‘फर्केर आऊ’ हुँदै ‘प्रेम र युद्ध’ लगायत अन्तिममा ‘यो घर पक्कै ढल्छ होला’ प्रस्तुत गर्दै उनले एकल वाचन अन्त्य गर्नुभएकोथियो । ईच्छापूर्ण राईले कवि राईका बारेमा धारणा राख्नुभएको थियो ।
कलाकार डिल्लीकृष्ण आलेले कविता वाचन कार्यक्रम अवधिमा कवि राईको मुहार चित्रसमेत तयार पार्नुभयो ।

नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?