ललितपुर । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल भूतपूर्व सैनिक सङ्घको अध्यक्षमा गर्जबहादुर गुरुङ निर्वाचित हुनुभएको छ ।

यही फागुन २२ देखि कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय महाधिवेशनले गुरुङको नेतृत्वमा अध्यक्ष, महासचिव, कोषाध्यक्ष र ५० सदस्यसहितको नयाँ केन्द्रीय समिति चयन गरेको हो ।
समितिको महासचिवमा टोपबहादुर मल्ल र कोषाध्यक्षमा भुपेन्द्र थापा निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता तेज रावलले जानकारी दिनुभयो ।
छैटौँ केन्द्रीय महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय सदस्यहरूमा मेहर सिंह कुँवर, नारायणबहादुर सुयाल, रामकृष्ण सुनार, खड्कबहादुर कार्की, निमबहादुर खत्री, जीवनधर चपाई, इन्द्रबहादुर दहाल, टहलबहादुर कार्की, कृष्णबहादुर खत्री, नारायणबहादुर खड्का, चन्द्रबहादुर गुरुङ, डिलबहादुर थापा मगर, जसबहादुर गुरुङ, राजकुमार आचार्य, विष्णुमायाँ तामाङ, दानबहादुर रानाभाट, ओमप्रकाश थापा, रेस्मीराज अधिकारी, झहरबहादुर खत्री, नारायणसिंह ठकुरी, यामबहादुर खत्री, दिलबहादुर खत्री, महादेवप्रसाद अधिकारी, लिलासिंह राना, देवेन्द्रप्रसाद शर्मा, जीतबहादुर भट्ट, राजु सिग्देल, साधुराम घिमिरे, गोकर्ण पुरी, धनबहादुर लामा, चिजा श्रेष्ठ, श्रीराम आले, राजकुमार बस्नेत, कमलकुमार गुमाजू, मेनबहादुर थिङ तामाङ, वीरबहादुर तिमिल्सिना, रुद्रप्रसाद घिमिरे, भूपेन्द्रकुमार श्रेष्ठ, रामेश्वर खड्का, गौमती थापा मगर, निर्मल कुँवर, कमलबहादुर गुरुङ, फुलबहादुर गुरुङ, वीरबहादुर शाही, मोहनबहादुर राना, बुद्धिबहादुर थापा मगर, वासुदेव भण्डारी, रामबहादुर परिवार, पोखप्रसाद न्यौपाने र उदयबहादुर थापा रहनुभएको छ ।
यस्तै, नवनिर्वाचित अध्यक्ष गुरुङले पदभार ग्रहणसँगै थप १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको कोषाध्यक्ष भुपेन्द्र थापाले जानकारी गराउनुभयो । मनोनित हुनेहरूमा विनुबहादुर थापा, अर्जुन केसी, जुद्धवीर थापा मगर, केशरबहादुर खाँड थापा, भक्तजङ्ग राई, सुब्बा थपलिया, गमबहादुर गुरुङ, प्रेमजङ्ग गुरुङ, ओमबहादुर रिमाल, ओमजङ्ग पाण्डे, देवबहादुर थापा मसराङ्गी, बोधविक्रम पण्डित, क्षेत्रबहादुर थापा, डोरबहादुर अधिकारी, खडानन्द लामिछाने, चौबहादुर गुरुङ र केशबहादुर गुरुङ हुनुहुन्छ ।
बिहीबार पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गर्नुभएको थियो ।
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस