लन्डन बेलायत निवासी पूर्वगोर्खा तथा गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुको शब्द रचनामा ‘रोधी घरको आँगन-४’ गीत सार्वजनिक भएको छ ।

गोर्खा मिडिया यूकेको प्रस्तुति रहेको कौडा/चुड्का गीत शुक्रबार आरके गुरुङको युट्युब च्यानलबाट रिलिज गरिएको हो ।
गोर्खा मिडियाका प्रबन्ध निर्देशक तमुको गीत गायक रामकुमार गुरुङ (आरके)को लय संकलन रहेको मौलिक कौरा/चुड्का गीतमा आरके गुरुङ र अनु चौधरीको स्वर रहेको छ ।
गणेशमान घले, जुना गुरुङ सुरज गुरुङ र चाहना राना मगरले अभिनय गरेको भिडियो कमल बहादुर गुरुङले निर्देशन गरेका छन् । भिडियो कास्कीको पर्यटकीय गाउँ ल्वाङमा छायांकन गरिएको हो ।
भिडियोमा तमु धीं यूके, सहारा यूके र हङकङबबाट नेपालबाट आएका टोलीसमेत देखिन्छन् । तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूह अध्यक्ष कमलादेवी गुरुङसहित निवर्तमान अध्यक्ष, पूर्व र वर्तमान पदाधिकारी तथा सदस्य, सहारा यूकेका अध्यक्ष कृष्ण गुरुङ तथा सदस्यलगायतको उपस्थिति छ ।
गीतकार तमु र गायक गुरुङद्वयले आफ्नो मौलिक लोक संस्कार संस्कृतिलाई भावीपुस्तासम्म चिनाइराख्ने अभिप्रायले रोधीघरको आँगन बोलको गीतलाई १ दशकदेखि निरन्तरता दिँदै आउनुभएको छ ।
अहिलेसम्मका रोधीघरको आँगन बोलको सबै १, २ र ३ भागलाई दर्शक/स्रोताहरुले धेरै रुचाइदिएकोले र मौलिक गीतलाई निरन्तरतास्वरुप चौथो भाग निर्माण गरिएको गीतकार तथा फोटो पत्रकार रहेका तमुले बताउनुभयो ।
पहिलाको भागहरुलाई जस्तै रोधीघरको आँगन भाग ४ ले पनि धेरै दर्शकस्रोतको मन तान्ने गीतकार र गायकले अपेक्षा राखेको बताउनुभएको छ ।
यसअघिका गीतहरु पनि आरके गुरुङ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी