
उदयपुर । किरात बान्तावा रूङमाहाङ राई केन्द्रीय वात्तोङ कार्यसमिति (केवास)को सातौं राष्ट्रिय सम्मेलन आगामी २०८१ चैत पहिलो साता हुने भएको छ ।
सम्मेलन चैत १, २ र ३ गते उदयपुर जिल्लाको बसाहमा आयोजना गरिने भएको हो । सम्मेलनको मूल तयारी समिति र विभिन्न उपसमितिहरू गठन भइसकेका छन् भने सम्मेलनलाई सफल बनाउन सबै इवास (इकाई वात्तोङ संघ) र क्षेवास (क्षेत्रीय वात्तोङ संघ)लाई सहभागिता बढाउन अनुरोध गरिएको आयोजकले जनाएको छ ।
सम्मेलनको प्रचार-प्रसारको लागि ब्रोसर र सर्कुलर सामाजिक सञ्जालमार्फत सबै इवासहरूलाई पठाइएको छ । तर, केही इवासहरूमा केही जानकारी अस्पष्ट भएकोले सम्बन्धित इवासहरूलाई फागुन २५ गतेसम्म परिपत्रमा तोकिएको कामको विवरण मूल तयारी समितिमा पठाउन अनुरोध गरिएको छ।
सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरूको संख्या वंशीय विधानबमोजिम तोकिएको छ। यदि तोकिएको संख्याभन्दा बढी प्रतिनिधि सहभागी हुन चाहन्छन् भने इवासको निर्णयसहित प्रतिनिधिको संख्या र नामावली पठाउन अनुरोध गरिएको छ। अतिथि, पर्यवेक्षक वा अन्य सहभागीहरूलाई सम्मेलन अवधिवर रहन कुनै रोकटोक गरिने छैन ।
सम्मेलनमा रूङमाहाङ वंशको गौरवमय इतिहासमा सुनौलो इँटा थप्ने महानुभावहरूलाई सम्मान गरिनेछ। जसले सामाजिक, राजनैतिक, शैक्षिक, व्यवसायिक, निजामति कर्मचारी, खेलकुद आदि कुनै पनि क्षेत्रमा उल्लेखनीय योगदान गरेका छन्, तिनीहरूको व्यक्तिगत विवरण इवासको निर्णय सहित पठाउन अनुरोध गरिएको छ।
किरात बान्तावा रूङमाहाङ राई वात्तोङ कार्यसमिति युकेबाट अध्यक्ष बिनोद कुमार राई र सल्लाहकार छेत्राकला राई कार्यक्रममा सहभागी हुनुहुने छ । सम्मेलनलाई सफल बनाउन देश विदेशमा रहेका वंशहरूलाई आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ। सहयोग रकम आर्थिक विभाग संयोजक एवं केन्द्रीय कोषाध्यक्ष मुगा बान्तावालाई सम्पर्क गर्न वा Gurkhas Finance Ltd., धरान शाखा, खाता नं 00401400129233000001 मा जम्मा गर्न सकिने जनाइएको छ।
सम्मेलनको संयोजक केवास अध्यक्ष रविकुमार राईले सम्मेलनलाई ऐतिहासिक बनाउन सबै वंश छोरीचेली र ज्वाइँचेला भान्जाभान्जीको सहयोग र सहभागिताको अपेक्षा गरिएको छ ।
तयारी बैठकका निमित्त कार्यक्रम संयोजक केन्द्रीय कार्यसमितिका अध्यक्ष र महासचिव कार्यक्रमस्थल बसाहा पुगिसक्नु भएको र बैठकपश्चात् कार्यक्रमस्थलको तयारी सुरु गरिने महासचिब सुनिल रुङमाहाङ राईले जानकारी दिनु भएको छ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा