
लन्डन । बेलायत निवासी गीतकार एवं समाजसेवी घन थापा मगरले नयाँ गीत स्रोता, दर्शकमाझ ल्याउनुभएको छ ।
उहाँले शुक्रबार आफ्नै युट्युब च्यानलबाट ‘यो दिलमा बस’ गीत सार्वजनिक गर्नुभएको हो । गीतमा प्रेम विवश घर्ती र शान्तिश्री परियारको स्वर रहेको छ । गीतमा गायक प्रेमले नै संगीत दिनुभएको छ ।
एरेन्ज केशव बाबु र मिक्सिङ कुमार रानाले गर्नुभएको छ । गीतको भिडियो आकर्षक बनेको छ । विक्रम चौहानले कोरियोग्राफी तथा निर्देशन गरेको भिडियोमा खड्गबहादुर पुन (खबपु) र अस्मिता राना मगरको अभिनय छ । बाल कलाकारका रूपमा सक्षम घर्ती मगर र समारिया थापाले अभिनय गर्नुभएको छ ।
थापा मगरले यसअघि ‘जिलौ झोर्ले’ म्युजिक भिडियो तथा मायाको संसार, बयान, बस्ती, नबिर्स आधुनिक गीति एल्बम र फूलको मुस्कान गीतसंग्रह पस्किसक्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित