लन्डन । भ्यालेन्टाइन्स डे को छेक पारेर बेलायतवासी साहित्यकार तथा गीतकार लीला सेलिङ माबोले भ्यालेन्टाइन डे स्पेसल ‘बाचा गरौँ न’ नामक लिरिकल भिडियो दर्शक तथा स्रोतामाझ ल्याउनुभएको छ ।

चर्चित गायिका अन्जु पन्तको स्वर रहेको लिरिकल भिडियो लीलाकै युट्युब च्यालनबाट गत शुक्रबार सार्वजनिक भएको हो । रोमान्टिक गीतमा शब्द लीला सेलिङ माबोकै रहेको छ भने उदीयमान युवा सङ्गीतकार पवन बान्तावा राईको सङ्गीत रहेको छ।श्री माबो निर्माता रहेको गीतको रेकडिस्ट मनोज साङ्सोन राई र सुरेश राई रहनुभएको छ भने एरेन्ज, मिक्सिङ र मास्टरिङ राजु कार्कीको रहेको छ ।
लीलाद्वारा लिखित गत वर्ष करण राईको स्वरमा सार्वजनिक भएको म्युजिक भिडियोलाई १२ लाखभन्दा बढी दर्शकस्रोताले हेरेका छन् । करिब अढाई दशकदेखि बेलायतलाई कर्मथलो बनाउँदै आएकी लीलाले नेपाली, लिम्बु र अङ्ग्रेजी भाषामा (ट्रिलिङ्गुएल) कलम चलाउनुहुन्छ । उहाँ विशेषगरी गीत, कविता, डायरी तथा संस्मरण विधामा कलम चलाउँदै आउनुभएको छ ।
समाजसेवामा समेत अग्रपंक्तिमा रहेकी लीला बेलायतवासीहरूमाझ चिरपरिचित हुनुहुन्छ ।
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी