लन्डन । भ्यालेन्टाइन्स डे को छेक पारेर बेलायतवासी साहित्यकार तथा गीतकार लीला सेलिङ माबोले भ्यालेन्टाइन डे स्पेसल ‘बाचा गरौँ न’ नामक लिरिकल भिडियो दर्शक तथा स्रोतामाझ ल्याउनुभएको छ ।

चर्चित गायिका अन्जु पन्तको स्वर रहेको लिरिकल भिडियो लीलाकै युट्युब च्यालनबाट गत शुक्रबार सार्वजनिक भएको हो । रोमान्टिक गीतमा शब्द लीला सेलिङ माबोकै रहेको छ भने उदीयमान युवा सङ्गीतकार पवन बान्तावा राईको सङ्गीत रहेको छ।श्री माबो निर्माता रहेको गीतको रेकडिस्ट मनोज साङ्सोन राई र सुरेश राई रहनुभएको छ भने एरेन्ज, मिक्सिङ र मास्टरिङ राजु कार्कीको रहेको छ ।
लीलाद्वारा लिखित गत वर्ष करण राईको स्वरमा सार्वजनिक भएको म्युजिक भिडियोलाई १२ लाखभन्दा बढी दर्शकस्रोताले हेरेका छन् । करिब अढाई दशकदेखि बेलायतलाई कर्मथलो बनाउँदै आएकी लीलाले नेपाली, लिम्बु र अङ्ग्रेजी भाषामा (ट्रिलिङ्गुएल) कलम चलाउनुहुन्छ । उहाँ विशेषगरी गीत, कविता, डायरी तथा संस्मरण विधामा कलम चलाउँदै आउनुभएको छ ।
समाजसेवामा समेत अग्रपंक्तिमा रहेकी लीला बेलायतवासीहरूमाझ चिरपरिचित हुनुहुन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित